Techie IT
२०८२ साउन ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष भेट भनिएको छ ।

बैठकमा ट्रम्प आफ्नो प्रमुख चुनावी बाचा युक्रेनमाथिको रुसको युद्ध अन्त्य गर्ने प्रयासमा केन्द्रीत रहने बीबीसीले जनाएको छ । अलास्काको एकोरेजको अमेरिकी सैन्य बेसमा हुने यो छोटो तर उच्चस्तरीय बैठक केही घण्टामात्र चल्ने तय भएको खबरमा भनिएको छ ।

ट्रम्पले यो वार्ताबाट सकारात्मक परिणाम आउने दाबी गर्नुभएको छ । उहाँले पुटिनसँगको व्यक्तिगत सम्बन्धलाई प्रयोग गरी युद्धविराम खोज्ने बताउनु भएको छ तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वार्ताबाट पूर्णरुपमा बाहिर राखिएको छ ।

जेलेन्स्कीले आफूविना भएको कुनै पनि सम्झौता ‘अर्थहीन’ हुने चेतावनी यसअघि नै दिइसक्नुभएको छ । उहाँले विशेषगरी डोनबास क्षेत्र र अन्य कब्जामा रहेका क्षेत्रहरू रूसलाई सुम्पिने कुनै पनि विचार अस्वीकार गर्ने बताउनु भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसलाई युद्धविरामको अल्टिमेटम दिँदै असफल भए कडा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो । तर रुसी पक्षले निरन्तर मौनता अपनाउँदै आफ्नो अडान डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्जिया क्षेत्रमा पूर्ण सार्वभौमिकता र युक्रेनको नाटोमा प्रवेश नगर्ने ग्यारेन्टी फेरी दोहोर्‍याएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

Techie IT