काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस इन्टरनेशनल कलेजले यूकेको किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । शुक्रबार काठमाडौँको होटल म्यारियटमा आयोजित एक समारोहमार्फत द ब्रिटिस कलेजको सहसंस्था ब्रिटिस इन्टरनेशनलले नयाँ शैक्षिक कार्यक्रमको औपचारिक सुरूवात गरेको हो ।
कार्यक्रमको औपचारिक सुरुवात ब्रिटिस एजुकेशन ग्रुपका अध्यक्ष श्री उपेन्द्र कँडेल र कार्यकारी निर्देशक श्री महेन्द्र राज कँडेलले पानस बालेर गरेका थिए । त्यसपछि एआई र डाटा–थीममा आधारित नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ब्रिटिस कलेजको एआई रोबोटले ‘रोज’मार्फत भएको थियो । समारोहमा प्रतिनिधिसभा सदस्य, शिक्षा, प्रविधि, व्यापार, वरिष्ठ सरकारी अधिकारी, कर्पोरेट नेतृत्व, शैक्षिक विज्ञ तथा कूटनीतिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल र बेलायतबीचको यो सम्बन्धलाई स्थायी बनाउने माध्यम शिक्षा भएको बताए । ब्रिटिस इन्टरनेशनल कलेजको डाटा साइन्स कार्यक्रमको सुरूवातले यसलाई थप विश्वस्त पारेको उनको भनाई छ । त्यस्तै, नेपाल र विश्वबजार बीच ‘पुल’ निर्माण भए बेलायती लगानीकर्ता रोजाई नेपाल बन्ने धारणा व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कंडेलले बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रमले डाटाको क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले केवल शैक्षिक कार्यक्रमहरु थप गरेका छैनौं, हाम्रा कार्यक्रमले विद्यार्थीहरुको भविष्य निर्माणमा सघाउ पुर्याउँछ र अन्ततः यसले राष्ट्रलाई नै योगदान पुर्याउँछ ।’
फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले पनि द ब्रिटिस कलेज र फिनटेक नेपालबीच निरन्तर सहकार्य भएको बताउँदै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए ।
त्यस्तै, कार्यक्रममा डोल्मा फन्ड म्यानेजमेन्टका सीईओ टिम गोचर ओबीई, गुगलका पूर्व हेड अफ प्रोडक्ट म्यानेजमेन्ट जोन बी. पार्क, प्रतिनिधि सभा सदस्य मनीष झा, तथा नेपालका लागि बेलायती राजदूत रोब फेनले डाटा साइन्सको रुपान्तरणकारी प्रभावबारे आफ्ना विचार व्यक्त गरे ।
कार्यक्रमको दोस्रो सत्रमा फिनटेक अलायन्स नेपालसँगको सहकार्यमा ‘नेपालमा डाटा एनालिटिक्सको उपयोग’ विषयमा प्यानल छलफलको आयोजना भएको थियो । छलफलको प्यानलिस्टको रूपमा जिनेस सोलुसनका भाइस प्रेसिडेन्ट कैलाश बादु, विसयाक इन्कका सीईओ तथा प्रमुख वैज्ञानिक र सह–संस्थापक सुरेश मानन्धर, सिडार गेट सर्भिसेसकी भाइस प्रेसिडेन्ट स्वेता कर्मा, तथा एक्स्टेन्सोडाटाका सीईओ तथा सह९संस्थापक सुरेश गौतम सहभागी हुनुहुन्थ्यो । यस सत्रको संयोजन नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी अनुसन्धान सहायक अञ्जु क्षेत्रीले गरेका थिए ।
नेटवर्किङ, मिडिया अन्तरक्रिया तथा डिनरसहित कार्यक्रमको समापन भएको थियो ।
पछिल्लो समय बजारमा माग भएको विषय डाटा साइन्स विषयको अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले द ब्रिटिस कलेज वा ब्रिटिस इन्टरनेशनल कलेजमा सम्पर्क गर्न सक्नुहुनेछ । सेप्टेम्बर इन्टेकको भर्ना कार्यक्रम चलिरहेकोले पहिलो ५० जना विद्यार्थीका लागि कलेजले विशेष छुटको व्यवस्था गरेको छ ।