Techie IT
२०८२ भदौ ८, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदाङमा हुने बाल चलचित्र महोत्सवबारे छलफल

दाङमा हुने बाल चलचित्र महोत्सवबारे छलफल


दाङ। चलचित्र विकास बोर्डले आगामी असार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको लागि स्थानीयस्तरमा नै पुगेर छलफल गरेको छ। बोर्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर महतसहितको ४ जनाको टोली दाङ पुगेर महोत्सवको तयारीबारे स्थानीय सरोकारवालसँग छलफल गरेको छ।

बालबालिकामाझ चलचित्रको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवृद्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको बोर्ड प्रवक्ता तथा महोत्सव संयोजक बुढाथोकीले बताए। ‘महोत्सवका बालबालिका सम्बन्धी चेतना मुलक र प्रेरणादायी चलचित्रहरु प्रर्दशनी गरिनेछ। बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनीको लागि देशभरबाट बालबालिका सम्बन्धी चलचित्रहरु आह्वान गरिएको छ’, उनले बताए। साथै उहाँले बोर्डले दुरदराजसम्म फिल्मको सम्भावनाको खोजी गर्ने उद्देश्यले मोफसलमा महोत्सव आयोजना गर्न लागेको जिकिर गरे।

छलफलमा सहभागिले यो महोत्सवले बालबालिकालाई सन्देश मुलक शिक्षा दिने र उनीहरुको रचनात्मक विकासमा महत्चपूर्ण भूमिका खेल्ने बताउँदै सबैले आ–आफ्नो तवरले सहयोग गर्ने प्रतिवद्धता जनाए। सो छलफलमा दाङ जिल्लाका वौद्धिक व्यक्तिहरु, कलाकार, साहित्यकार, सुरक्षाकर्मी, शिक्षाकर्मी, व्यवसायी तथा पत्रकारहरुको सहभागिता थियो।

महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्नेछ। निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन्। छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुनेछ।

महोत्सवमा चलचित्रहरुको प्रदर्शनी सँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ। महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT