Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप श्रीलंका र पाकिस्तानमा हुने

एसिया कप श्रीलंका र पाकिस्तानमा हुने


एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिता २०२३ का खेलहरू पाकिस्तान र श्रीलंकामा हुने भएका छन् । पाकिस्तानमा प्रतियोगिताका जम्मा ४ खेल हुनेछन् । बाँकी ९ खेल श्रीलंकामा हुनेछन् ।

समूह चरणको प्रारम्भिक चार खेल पाकिस्तानमा हुनेछ । जसमा एउटा समूहबाट नेपाल र पाकिस्तानबीचको खेल, अर्को समूहबाट अफगानिस्तान र बंगलादेश, अफगानिस्तान र श्रीलंका तथा बंगलादेश र श्रीलंकाबीचको खेल हुनेछ । यसको मतलब भारतले पाकिस्तानमा एक खेल पनि खेल्ने छैन । फाइनल पनि श्रीलंकामा हुनेछ ।

३१ अगस्टदेखि सेप्टेम्बर १७ सम्म हुने यस प्रतियोगिता कुन–कुन सहरमा हुने भन्ने जानकारी भने खुलाइएको छैन । श्रीलंकामा समुह चरणबाट भारत र पाकिस्तान, भारत र नेपालबीचको खेल हुनेछ । यसपछि दुवै समूहका शीर्ष २ टोली सुपर–४ मा पुग्नेछन् । सुपर–४ का सबै खेल र फाइनल पनि श्रीलंकामै हुनेछ ।

एसिया कपको चालू सिजनको आयोजना विवादमा फसेको छ । आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिइएको थियो तर एसीसीका अध्यक्ष तथा बीसीसीआई सचिव जय शाहले गत वर्ष अक्टोबरमा भारतीय टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेका थिए । यस्तो अवस्थामा विवाद सिर्जना भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०को क्यालेन्डरमा पाकिस्तानलाई सन् २०२३ मा हुने एसिया कपको आयोजनाको जिम्मा दिइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले क्यालेन्डर सार्वजनिक हुने वित्तिकै भारत पाकिस्तान खेल्न नजाने स्पष्ट पारेको थियो । बीसीसीआईले एसिया कप तटस्थ स्थानमा आयोजना गर्न भनेको थियो तर पाकिस्तान क्रिकेट बोर्डले सो कुरा मानेन । तर, पाकिस्तानले पनि हाइब्रिड मोडलमा प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT