Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआन्तरिक ऋण अनुकूलन रणनीतिलाई अन्तिम रूप दिइ सकिएको छैन: श्रीलङ्का

आन्तरिक ऋण अनुकूलन रणनीतिलाई अन्तिम रूप दिइ सकिएको छैन: श्रीलङ्का


एजेन्सी । श्रीलङ्काका वित्त राज्यमन्त्री शेहान सेमासिंघेले आइतबार घरेलु ऋण अनुकूलनका सम्बन्धमा अपरिपक्व अड्कलबाजी नगर्न आग्रह गरेका छन् । उनले आन्तरिक ऋण अनुकूलनको रणनीति अझै अन्तिम चरणमा पुगिनसकेको बताए ।

कोलम्बोमा सञ्चारकर्मीसँग कुरा गर्दै सेमासिंघेले बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए भने यस विषयमा जिम्मेवार र लगनशील छलफल गर्न आग्रह गरे ।

उनले अपरिपक्व अनुमानहरूले बजारको विश्वासलाई कमजोर पार्न सक्ने बताए ।

उक्त अवसरमा सेमासिंघेले ऋण पुनर्संरचना प्रयासका लागि द्विपक्षीय ऋणदाताहरूसँग संलग्न हुने प्रगतिमाथि प्रकाश पारेका थिए ।

राज्यमन्त्रीले यी संलग्नताहरूले समग्र स्थिरतामा योगदान पु¥याउने अनुकूल सम्झौताहरू हुने आशा व्यक्त गरेका थिए ।

यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेले पनि सार्वजनिक बैंक निक्षेपको सुरक्षा र आन्तरिक ऋणको पुनर्संरचनामा बैंकिङ प्रणालीको स्थायित्वको बारेमा जनतालाई आश्वस्त पारे ।

एक सार्वजनिक मञ्चलाई सम्बोधन गर्दै वीरासिंघेले वित्तीय क्षेत्रको स्थायित्व केन्द्रीय बैंकको प्रमुख उद्देश्य भएको र सार्वजनिक निक्षेपको सुरक्षा र बैंकिङ प्रणालीको समग्र स्थिरता सुनिश्चित गर्न उपायहरू अपनाइनेमा जोड दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT