Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु


काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् । लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।

मनसुन सुरु भएसँगै दैनिक पानी पर्ने याममा गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ । शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हालेपछि ठूलो पानी पर्‍यो र अलकत्रा बगायो । सडक दायाँबायाँ अझै धेरै ठाउँमा काम बाँकी छ ।

“काम बाँकी भएका स्थानका सडकमा खाल्डाखुल्डी धेरै छन् । वर्षाको समयमा खाल्डाखुल्डीमा जमेको फोहर पानीका कारण आवागमनमा सास्ती हुने गरेको छ”, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले भने । सङ्घीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७५र२०७६ मा सक्ने गरी विसं २०७२ मा ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि सडक विस्तारको काम रोकिएको थियो । केन्द्रविन्दुबाट दायाँबायाँ ११–११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब नौ सय घरधनीले ठेक्का अनुसार सडक विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि काम अगाडि बढ्न सकेको थिएन । गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा घर भएको स्थानमा दायाँबायाँ सात–सात मिटर र सार्वजनिक जग्गा भएका स्थानमा ११-११ मिटर सडक विस्तार गर्ने सहमति भएको थियो । उक्त सहमति भएको पनि चार वर्ष बितेको छ । लामो समयदेखि सडक अलपत्र बन्दा वर्षौँदेखि यात्रु पीडित भएका छन् ।

अधिकांश स्थानमा सडक विस्तारको काम सकिए पनि केही ठाउँमा रोकिएकाले वर्षाको समयमा पानी पर्दा आवागमनमा सास्ती हुने गरेको स्थानीयको गुनासो छ । अत्तरखेलमा सडक छेउमै किराना पसल चलाउँदै आउनुभएका समुद्र श्रेष्ठले वर्षाद्मा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्यमा समस्या आउन थालेको बताए । पानी पर्न थालेपछि हिलो र हिलो सुकेपछि धुलोले समस्या हुने गरेको उनले बताए ।

निर्धारित समयमा सडक स्तरोन्नतिको काम नसकिएपछि आर्थिक वर्ष २०७६र७७ मा सक्ने गरी म्याद थपिएको थियो । पटक–पटक समय थप गर्दा पनि काम सकिएको छैन । नगरपालिकाका प्रवक्ता सुवेदीका अनुसार रू ५८ करोड लागतमा सडक विस्तारको काम थालिएको थियो ।

विभिन्न प्राविधिक समस्याका कारण काममा ढिलाइ हुने गरेको निर्माण कम्पनीको भनाइ छ । “सडक विस्तारको काम अगाडि बढाउने सन्दर्भमा ठेकेदार कम्पनीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आयोजनाका अधिकारी सम्पर्कमा आउँदैनन्”, उनले भने, “केन्द्रीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारले भन्दा निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन् ।”

कोरोना महामारीका समयमा भएको बन्दाबन्दीका समयमा निर्माणाधीन सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तारलगायत संरचना नहटेकाले सडक विस्तारको काम प्रभाविच भएको निर्माण कम्पनीले जनाएको छ ।

सडकको काम नसकिँदा यसवर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्नुपर्ने बाध्यता रहनेमा चिन्ता लागेको स्थानीय सीमा तामाङले गुनासो गरे । “ निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले एक दिन काम गरेर महिना दिनसम्म केही नगर्ने गरेको देखिएको छ”, उनले भने ।

वर्षाको समयमा हिलो र धुलोका समस्या समाधानका लागि ग्राभेल हालेर डोजर र रोलरले सम्याउँदै काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिँदै आएको नगरपालिकाले जनाएको छ ।

“गोकर्णेश्वरस्थित महादेव मन्दिरअघिको सडक कालोपत्र भएको केही दिनमै भत्कियो । केही महिनापछि भत्किएको स्थानमा टालिए पनि खाल्डाखुल्डी छन्”, तामाङले बताए । कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएका उनको भनाइ थियो ।

सडक बनेर कालोपत्र भएका स्थानमा पनि पैदलमार्ग निर्माण भएका छैनन् । पैदलमार्ग नहुँदा पैदल यात्रा गर्ने यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको स्थानीयको भनाइ छ । यसतर्फ सरोकारवाला निकायका अधिकारीको ध्यान जान नसकेको स्थानीयको गुनासो छ । सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल बिस्तार हुन नसक्दा सवारी जाममा पर्ने गरेका छन् । सडक विस्तारका लागि ठेक्का गर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले पुल निर्माणका लागि अझै ठेक्का सम्झौता नगरिएको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT