गृहपृष्ठ ∕ अर्थ ∕ घोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशनघोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशन नेपालीपत्र सोमबार, २०८० असार ४ गते, १६:२७ मा प्रकाशित अर्थ काठमाडौँ। नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्रिमियम मूल्यमा निष्काशन गरेको शेयर (आइपिओ) रोक्का गर्न निर्देशन दिएको छ।एक करोडभन्दा बढी कित्ता आईपीओ रद्द भएपछि बोर्डले रोक्का गर्न निर्देशन दिएको हो। सीसीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतका अनुसार अझै बढी कित्ता आईपीओ रद्द बढ्न सक्ने बताएको छ। आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएपछि बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको हो।सोमबार नै सीडीएससीले सूचना जारी गरेर बैंक खातामा भएको रकमभन्दा बढीको आईपीओ भर्नेलाई कारबाही गरिने बताएको छ। संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा बैंक खातामा मौज्दात नराखी बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको निष्कासन प्राप्त आवेदनको संख्या वा परिणामलाई प्रभावित पार्न खोजेमा कारबाही हुने जनाएको छ। #घोराही सिमेन्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफरधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal