Techie IT
२०८१ वैशाख ३१, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालझापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी रु चार लाख घुस रकमसहित पक्राउ

झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी रु चार लाख घुस रकमसहित पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमतिको प्रयास भइरहेको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन्

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ६ जनाविरुद्ध ४० करोडभन्दा बढीको बिगो…

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौँ । गएराति काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो

प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १

Techie IT