Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहोन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु

होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु


एजेन्सी । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो ।

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरुलाई गोली लागेको छ । मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

‘यत्रो मानवीय घटनाप्रति हामी स्तब्ध छौं,’ सुरक्षा उपमन्त्री होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले एक पत्रकार सम्मेलनमा भनेकी छन् ।

यस्तै घटना सन् २०१९ मा पनि घटेको थियो जुन झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो। न्यु योर्क टाइम्सका अनुसार मङ्गलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृष्य उदाङ्गो पारेको छ ।

महिला कारागारमा हालैका वर्षहरूमा हत्या–हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटना ‘स्तब्ध’ भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन ‘कडा कदम’ चाल्ने बताएका छन् ।

एमएस–१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीहरूले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए)दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन् ।

ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदन अनुसार ‘कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर–सामूहिक हिंसा, र बन्दी हत्याहरू चरम अवस्थामा छन् ।’

न्यु योर्क टाइम्सका अनुसार एक सरकारी अधिकारीका अनुसार होन्डुरसको नेशनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनले लगभग ८०० कैदीहरूलाई राखिएको छ यो सङ्ख्या क्षमताभन्दा लगभग दोब्बर हो ।

मानव अधिकार सम्बन्धी अन्तर–अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा ‘थुप्रै हिंसात्मक घटनाहरू’ घटेको देखाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT