गृहपृष्ठ ∕
खेल ∕
टस जितेको नेपालले वेस्ट इन्डिजविरुद्ध फिल्डिङ रोज्यो टस जितेको नेपालले वेस्ट इन्डिजविरुद्ध फिल्डिङ रोज्यो
काठमाडौँ। नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। हरारे स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टस नेपालल् जितेर वेस्टईण्डिजलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।
नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो। नेपालले आफ्नो क्रिकेट इतिहासमा सबैभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न थालेको हो।
नेपाल ओडिआई वरियतामा १४ औं र वेस्ट इन्डिज १० औं स्थानमा छ। वेस्ट इन्डिज सन् १९७५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो। त्यस्तै वेस्ट इन्डिजले २०१२ र २०१६ मा टि २० विश्वकप उपाधि जितेको थियो।
नेपालले टोलीमा कुनैपनि परिवर्तन गरेको छैन। नेपालले अमेरिकासँगको प्लेइङ ११ लाई नै निरन्तरता दिएको कप्तान रोहित पौडेलले टसका क्रममा जानकारी दिएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा