Techie IT
२०८२ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनागिरक उड्डयन प्राधिकरणविरुद्ध मेयर बालेनले दायर गरे रिट

नागिरक उड्डयन प्राधिकरणविरुद्ध मेयर बालेनले दायर गरे रिट


काठमाडौँ। काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन्।

आफूलाई कारबाही गर्नेगरि स्पष्टीकरण सोध्ने प्राधिकरणको निर्णय कानुनसम्मत नभएको भन्दै उच्च अदालतमा बुधबार रिट दर्ता गरेका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट २०८० जेठ ३२ को निर्णय भन्दै असार १ गते पनि स्पष्टीकरण सोधेकोले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन आदेशको माग गरिएको छ।

प्राधिकरणसमक्ष ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको प्राधिकरणको निर्णय कानुन विपरीत भइ बदरभागी रहेको, त्यसलाई बदर गराउने सम्बन्धमा अन्य वैकल्पिक कानुनी उपचारको व्यवस्था नभएकोले रिट लिएर आएको बालेनले दाबी गरेका छन्। मेयर शाहसँगै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र टंकबहादुर थापाले संयुक्त निवेदन दिएका हुन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी

अवरुद्ध कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

काठमाडौँ । आईतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोरअन्र्तगत गुल्मीको कालीगण्डकी गाउँपालिका–१

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

Techie IT