Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालहर्क साम्पाङले ‘गफाडी’ भनेपछि सुदन किराँतीले दिए भद्र जवाफ

हर्क साम्पाङले ‘गफाडी’ भनेपछि सुदन किराँतीले दिए भद्र जवाफ


काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पर्यटनमन्त्री सुदन किराँतीलाई ‘गफाडी’को संज्ञा दिएपछि मन्त्री किराँतीले पनि जवाफ दिएका छन्। वाचा पूरा नगरेको भन्दै मेयर साङपाङले ‘गफाडी’को संज्ञा दिएका थिए। तर, पर्यटनमन्त्री किराँतीले भने भद्र जवाफ दिएका हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीको आलोचना गर्दै साम्पाङले लेखेका छन्, ‘सुदन किराँती पनि गफाडी रैछन्, श्रम–संस्कृति पदमार्ग निर्माणको वाचा गरेका थिए, पुराएनन्। बोलेको पूरा गर्नु है। बिरुवा रोप्नचाहिँ आउँदा हुन्छ। वेलकम छ। बधाई छ, जे होस्। जय पितापुर्खा।’

जवाफमा मन्त्री किराँतीले लेखेका छन्, ‘मेयर साब नमस्कार, फुस्रेबाट श्रम–संस्कृति पदमार्ग साँगुरी भन्ज्याङ–भेडेटार पदमार्ग निर्माणको लागि रु ५० लाख विनियोजन भएको जानकारी गराउँदछु। हुन त हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ। सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला।’

यस क्रममा उनले उक्त पदमार्गको नाम ‘तराई मधेश एकता पदमार्ग’ राख्न प्रस्ताव पनि गरेका छन्। मन्त्री किराँतीले भनेका छन्, ‘अझ मलाई त यो पदमार्गको नाम तराई–मधेश एकता पदमार्ग राख्न मन थियो, किनकि पुर्खाले जीवनको लागि नुनतेल ढाकर बोक्दा पसिना बगाएका थिए।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT