Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालहिसान शैक्षिक मेला पुनः सञ्चालन हुने

हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने


काठमाडौँ। उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको छ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको मौखिक आदेशमा नगर सुरक्षाकर्मीको अवरोध गरेपछि मेला स्थगन भई आयोजक अदालत पुगेका थिए।

बुधबारको अन्तरिम आदेशसँगै अब मेला असार ८, ९ र १० गते पुनःसञ्चालन हुने आज मेलास्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए। उनले महानरगको हस्तक्षेप गैह्रकानुनी भन्ने अदालतको व्याख्या आइससकेकाले निर्वाधारुपमा मेला सञ्चालन हुने जनाउँदै अवरोधका कारण भएको आर्थिक र मानसिक क्षतिपूर्तिका लागि अदालतको अन्तिम सुनुवाइ पर्खने उल्लेख गरे।

विद्यार्थी र अभिभावकको विदेश जाने मोहका कारण ठूलो धनराशि विदेशिएको अवस्थामा नेपालकै उत्कृष्ठ शिक्षालयका बारेमा विस्तृत जानकारी दिन मेला उपयोगी हुने उनको भनाइ छ। एक प्रश्नको जवाफमा उनले मेलाको पहिलो दिन कुनै पनि कलेजले विद्यार्थीको भर्ना लिने वा शुल्क लिने काम नगरेको जिकिर गर्र्दै त्यस्तो पाइए सार्वजनिक गर्न माग गरे।

महानरपालिकाले लिखित जानकारीबिना एकाएक मेला अवरोध गराइएकोे भन्दै निजी शिक्षा क्षेत्रका संस्थाले ध्यानाकर्षण गराएका थिए। मेलाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिइएको हिसानले जनाएको छ। मेलामा नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी र परामर्श दिइने मेलाका संयोजक टङ्कराज आचार्यले जानकारी दिए।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धमा सञ्चालित ७५ भन्दा बढी संस्थाको सहभागिता रहने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने जनाइएको छ। मेलामा प्रवेश निःशुःल्क गरिएको छ भने एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT