Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाललागुऔषध कारोबार गरेको आशंकामा १२ जना पक्राउ

लागुऔषध कारोबार गरेको आशंकामा १२ जना पक्राउ


काठमाडौँ। लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मन नागरिक पाउल रेष्ट, चितवन घर भएका २९ वर्षीय महेश चौधरी र काठमाडौँको चन्द्रागिरी घर भएका सुगम मैनाली छन्।

प्रहरीले हेमन्तकुमार शर्माको साथबाट १ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ। जर्मन नागरिक पाउलको साथबाट ६ केजी ८६० ग्राम चरेश बरामद गरिएको छ। उनी काठमाडौँबाट चरेश बोकेर इस्तानबुल हुँदै जर्मन जाँदै थिए।

ललितपुरको युएन पार्कबाट पक्राउ गरिएका महेश चौधरीको साथबाट कोडिन १६ बोत्तल बरामद गरिएको छ। ब्यूरोले सञ्चालन गरेको पाँचौ अपरेशनमा ३ ग्राम ७ सय मिलिग्राम कोकिन र एलएसडी स्टिकरसहित काठमाडौँ महानगरपालिका–१८ घर भएका मुखिया गुरुङ, मोरङ घर भएका राज गौतम र चेक रिपब्लिकका नागरिक ३२ वर्षीया मार्टिना सेरना पक्राउ परेका छन्।

छैटौं चरणको अपरेशनमा ठमेलबाट इटालियन नागरिक डेभिड मिनादेओ लाई पक्राउ गरिएको प्रहरी उपरिक्षक जोशीले जानकारी दिए। इटालिनय डेभिडको साथबाट प्रहरीले १ हजार ९८ थना एलएसडी स्टिकर, ३८ ग्राम एम्फेटामाइन र ६ ग्राम चरेश बरामद गरेको छ। काठमाडौँको बालाजुबाट प्रहरीले धादिङ घर भएका ४२ वर्षीय दावा तामाङ र ३३ वर्षीय नर बहादुर तामाङलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४५० मिलिग्राम मेथाम फेटामाइन बरामद गरेको छ।

काठमाडौँबाट ओमानको मस्कट जान लागेका झापाका २४ वर्षीय सुमन लिम्बुलाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाट पक्राउ गरेको छ। लिम्बुको साथबाट ४ केजी ७५० ग्राम गाँजाको धुलो बरामद गरिएको ब्यूरोले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT