Techie IT
२०८३ असोज २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पुटिनको विश्वासयोग्य वाग्नर समूहलद्वारा रुसविरुद्ध विद्रोह, ३० हजार लडाकुहरू मस्को कब्जा गर्न अघि बढ्दै

पुटिनको विश्वासयोग्य वाग्नर समूहलद्वारा रुसविरुद्ध विद्रोह, ३० हजार लडाकुहरू मस्को कब्जा गर्न अघि बढ्दै


एजेन्सी । रुस–युक्रेन युद्ध अझै जारी छ । तर, यसैबीच मस्कोमा लागि ठूलो समस्या खडा भएको छ । रुसमा नै ठूलो विद्रोह भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

वाग्नर समूहले रूसी सेनामाथि आक्रमण गरेको बताइएको छ ।

कुनै समय यो समूह रूसको शक्ति थियो।

वाग्नर समूहका ३० हजार लडाकुहरू रुसविरुद्ध विद्रोह गरेका छन् ।

वाग्नर प्रमुखले रुसविरुद्ध युद्धको घोषणा गरेका छन् । मस्को आउने राजमार्ग बन्द गरिएको छ।

रुसी सेनाको दोस्रो हेलिकप्टर पनि खसालिएको वाग्नरको दाबी छ । रोस्तोभका गभर्नरले जनतालाई घरबाहिर ननिस्कन अपिल गरेका छन् ।

रुसी राष्ट्रपति युक्रेनमा जितको आशा लिएर बसेका थिए । तर, हाल सत्ता विद्रोहको खतरा बढेको छ । क्रेमलिनको सुरक्षा गर्न ट्याङ्कहरू तैनाथ गरिएको छ।

मस्कोका सडकहरू ट्याङ्क र सशस्त्र गाडीहरूले भरिएका छन्। पुटिनले रुसको निजी सेना नै उनको कूको कारण हुनसक्ने महसुस गरेका छन् ।

द सनको रिपोर्टमा यो मामिला युक्रेनको बाख्मुतसँग सम्बन्धित रहेको बताइएको छ ।

बाख्मुतमा वाग्नर प्रशिक्षण शिविर थियो। हालै त्यसमा मिसाइल आक्रमण भएको थियो । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले यसमा क्रेमलिनको हात रहेको विश्वास गर्छन्। यसपछि उनले मस्कोलाई नष्ट गर्ने वाचा गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT