Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘राजद्रोही राजनेता’ वृत्तचित्र विपी संग्राहलयमा

‘राजद्रोही राजनेता’ वृत्तचित्र विपी संग्राहलयमा


काठमाडौँ । ‘राजद्रोही राजनेता’ वृत्तचित्र विपी संग्राहलय सुन्दरीजलमा प्रदर्शनी गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशन, अन्वेषण न्यूज डटकम र विपी संग्राहलयको आयोजनामा वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी विपी फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले कार्यक्रम शुभारम्भ गरेका थिए । विस २०३३ पुस १६ गतेदेखि विस २०३६ मा जनमत संग्रहको घोषणासम्मका विपी कोइरालाका केही महत्वपूर्ण गतिविधि वित्तचित्रमा समेटिएको छ ।

वृत्तचित्र अवलोकन गर्न पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र तारणीदत्त चटौत, बाग्मती प्रदेशका पूर्वप्रमुख अनुराधा कोइरालालगायत वरिष्ठ पत्रकार तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व सहभागी थिए । अवलोकनपछि प्रतिक्रिया दिदै वरिष्ठ पत्रकार किशोर नेपालले विपीका विषयमा समग्र जीवनी झल्कने वृत्तचित्रको आवश्यकता रहेको बताए ।

कार्यक्रममा फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपाल र संग्राहलय समितिका अध्यक्ष परशुराम पोख्रेलले वृत्तचित्रमा समेटिएका घटना क्रमकाबारेमा जानकारी गराएका थिए । विस २०१७ पुस १ गते राजनीतिक घटनापछि विपी, गणेशमानसिह, कृष्णप्रसाद भट्टराईलगायतका नेतालाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विस २०२५ मा नेताहरुलाई जेल मुक्त गरिएको थियो भने विस २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएका विपी लगायतका नेतालाई विमानस्थलबाटै पक्राउ गरी फेरी सुन्दरीजल लगिएको थियो ।

विपीलाई करिब १० बर्ष बन्दी बनाइएको बन्दीगृहलाई सरकारले २०६१ भदौ २४ गते विपी जयन्तीका अवसरमा संग्राहलयमा रुपान्तरण गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT