Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालशिवालय माविमा शैक्षिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला

शिवालय माविमा शैक्षिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला


पोखरा। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ।

राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रशिक्षक प्रकाश देवकोटाले सहजीकरण गरेका थिए। उनले बालविकास कक्षादेखि कक्षा १२ सम्मका सबै विषयका लागि आवश्यक सामग्री निर्माणसम्बन्धी सिपमा आधारित कार्यशाला सञ्चालन गरेका थिए। शिक्षकले आधारभूत ज्ञान र सिप हासिल गरेपछि विद्यार्थीहरूलाई नै प्रयोग गरेर शैक्षणिक सामग्री निर्माण गर्नुपर्नेमा देवकोटाले जोड दिए।
पाठ्यपुस्तकका आधारमा मात्र होइन, शैक्षणिक सामग्रीका आधारमा अध्यापन कार्य गर्ने हो भने सिक्दिनँ भन्ने विद्यार्थीले पनि थाहै नपाई सिक्न सक्ने भन्दै देवकोटाले शैक्षणिक सामग्रीबिना कक्षाकोठामा नजान शिक्षकहरूलाई आग्रह गरे। कार्यशालाको दोस्रो दिन विषयगत समूहमा निर्मित सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो।

सैद्धान्तिक पढाइभन्दा माथि उठेर सिकाइ सहजीकरण गर्नका लागि तालिमबाट प्राप्त ज्ञान र सिपले ठुलो भूमिका खेल्ने सहायक प्रधानाध्यापक ऋषिराम ओझाले धारणा राखे। आफूले लिएका तालिममध्ये सम्झनलायक तालिम यस पटक लिन पाएको आधारभूत तह इनचार्ज विश्वनाथ सुवेदीले प्रतिक्रिया दिए। तालिम अत्यन्तै उपयोगी भएकाले यसलाई अन्य सरकारी निकायले पनि निरन्तरता दिनुपर्ने अङ्ग्रेजी विभागका संयोजक बुद्धिराम विश्वकर्माले बताए। उनले आफ्नो जीवनकै सर्वाधिक प्रभावकारी तालिमका रूपमा कार्यशालालाई चित्रण गरे।

राइट फर चिल्ड्रेनकी शिक्षा अधिकृत मञ्जुकुमारी थापाले संस्थाले पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेकाले कस्तो होला भन्ने लागेको अवस्थामा कल्पना गरेभन्दा राम्ररी तालिम सम्पन्न भएकोमा खुसी व्यक्त गरिन्। उनले संस्थालाई प्राप्त प्रस्तावनाहरूमध्ये शिवालयको प्रस्तावना फरक खालको भएकाले स्विकृत गरिएको बताइन्। आगामी दिनमा पनि फरक खालको तर उपयोगी कार्यक्रमहरूमा सहकार्य गर्न संस्था तयार रहेको थापाको भनाइ थियो।

यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सकेसम्म गाउँपालिकाको सहयोगमा र नभए विद्यालयले अन्य स्रोत जुटाएर भए पनि यस वर्ष शैक्षिक प्रदर्शनी गरिने जानकारी दिए।

विद्यालयले हालै अङ्ग्रेजी माध्यमको सिकाइ सहजीकरण सिप विकाससम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको थियो। सो तालिम विद्यालयमै गठित अङ्ग्रेजी विभागको संयोजनमा भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT