Techie IT
२०८२ कात्तिक ५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालतारकेश्वर र गोकर्णेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

तारकेश्वर र गोकर्णेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ


काठमाडौँ। काठमाडौँको तारकेश्वर र गोकर्णेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना समातिएका छन्।

तारकेश्वर नगरपालिका–१०, मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका–१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७२० रूपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँदेवी गुरुङको होटेलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप सातजनालाई पक्राउ गरिएको छ।

दोरम्भा घर भई गोकर्णेश्वर नगरपालिका–५, नारायणटार बस्ने ४८ वर्षीय हिराबहादुर तामाङसहितलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७९० रूपैयाँ, एक हजार ६०० भारतीय रूपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT