Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय

‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय


काठमाडौँ। मधेशी आयोगले ‘मधेश दिवस’ मनाउने निर्णय गरेको छ। आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा आयोगले सो निर्णय गरेको हो।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पुर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पुर्व न्यायधिश गिरिशचन्द्र लाल, पुर्व न्यायधिश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पुर्व सदस्य ब्रह्मदेव राय, पुर्व सांसद सकलदेव सुतिहार सहितका विज्ञहरुसँग आयोगले मधेश दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोगले नेपाल र नेपाली, मधेश र मधेशीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरु मध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरुमा सरोकारवालाहरुसंग गहन छलफल गरी सो मितिमा मधेश दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

आयोगले सबै सरोकारवालाहरुसँग मधेश दिवस मनाउन उपयुक्त मिति सम्बन्धी राय तथा सुझाव समेत सो प्रेस विज्ञप्ति मार्फत माग गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT