Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोरियाका नवनियुक्त राजदूत र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

कोरियाका नवनियुक्त राजदूत र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट


काठमाडौँ। नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्। सोमबार सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो।

भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा छलफल भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। उनले भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने र पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताए।

अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालका लागि नवनियुक्त कोरियाली राजदूतसँग शिष्टाचार भेट भयो। दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल गर्‍यौँ। यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पुर्‍याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने, नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ। कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्नेकुरामा पनि छलफल भयो। यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ।’
बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT