Techie IT
२०८२ असार २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिमकोट जोड्न छ किमी ट्र्याक खोल्न बाँकी

सिमकोट जोड्न छ किमी ट्र्याक खोल्न बाँकी


काठमाडौँ । राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटमा झन्डै छ किमी ट्र्याक खोल्न बाँकी रहेको छ । कर्णाली करिडोरअन्तर्गत सल्लीसल्ला–सिमकोट खण्डको ११ किमी ट्र्याक खोल्ने जिम्मा सरकारले गत वर्ष नेपाली सेनालाई दिएकामा अहिलेसम्म पाँच किमी खोलिसकेको र बाँकी छ किमीमा काम भइरहेको भन्ने सूचना प्राप्त भएको उत्तर–दक्षिण करिडोर निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए ।

आउँदो वर्षमा पूरै ट्र्याक खोलिसकिने योजना रहेको र अहिले लेप्चे लालीबगर क्षेत्रमा काम भइरहेको छ । बाँकी ट्र्याक खोलिसकेर सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना रहेको उनले बताए ।

“खोलिसकेको सडक हस्तान्तरण भएपछि नै स्तरोन्नतिको काम अघि बढाइने छ। सरिसल्लामा बेलिब्रिज निर्माण गर्न लागिएको छ । त्यो बनेपछि अहिले ट्र्याक खोलिसकेको ठाउँसम्म यहाँबाट जान सकिन्छ”, प्रमुख खड्काले भने, “अहिले हिल्साबाट पनि ट्र्याक खुल्यो र कालीकोटबाट पनि ट्र्याक खुलेर बीचको थोरै खण्ड मात्रै बाँकी रहेको छ ।”

“बीचको खण्डमा पनि ट्र्याक खोल्न सकिएमा सीमकोट हुँदै सीमासम्म जान सकिन्छ । अहिलेसम कर्णाली करिडोरमा कालोपत्रको ठेक्का लागिसकेको छैन । ग्राभेलको काम ठाउँठाउँमा भइरहेको छ”, उहाँले जानकारी दिए, “कालीकोटको खुलालुदेखि सलिसल्लासम्म ट्र्याक खुलिसकेकाले त्यहाँ सडक चौडा बनाउने काम भइरहेको छ । त्यो खण्डबाट कालोपत्र गर्ने योजना छ ।”

अहिले माथिल्लो क्षेत्रमा हिल्साबाट सिमकोटसम्म विभिन्न खण्डमा यसअघि ट्र्याक खुलेकाले अब सिमकोटभन्दा माथितिर ग्राभेल र पुल बनाउने काम भइरहेको छ ।

“अहिले बीचको खण्डमा मात्रै ट्र्याक खोल्न बाँकी हुँदा सिमकोट वा त्योभन्दा अगाडि निर्माण सामग्री लैजान कठिन छ ट्र्याक खुलेपछि कालोपत्रका लागि आवश्यक सामग्री माथिसम्म लैजान र काम गर्न सकिन्छ, प्रमुख खड्काले भन्नुभयो, “माथिल्लो भागमा कतिपय खण्डमा सुधार भइसकेकाले त्यहाँ पनि निर्माण सामग्री लैजान सकिने भएमा कालोपत्र गर्न सकिनेछ ।”

आयोजनाले सेनालाई जिम्मेवारी दिएको खण्डमा थप काम अघि बढाउन पहिले उसले सम्पन्न गरिसकेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । सरकारले आयोजना चाँडो सम्पन्न गर्न त्यही किसिमले प्राथमिकतामा राखेर बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिए ।

गत वर्षदेखि चीनको नाका बन्द रहे पनि हाल खुलेको छ । अहिले चीनको सीमा खुलेपछि आवश्यक सामग्री उताबाट ल्याएर पनि हिल्सा सिमकोट सडकमा काम भइरहेको छ । नाका नखुलेको समयमा हिल्सा सीमाबाट सामान ल्याउन सकिएको छैन ।

धेरै उचाइमा काम गर्नुपर्ने हुँदा तापक्रमको समस्या हुन्छ । कम तापक्रम हुँदा जाडोको समयमा हिमाली क्षेत्रमा काम गर्न सकिदैन ।वर्षभरमा काम गर्ने महिना थोरै मात्रै हुँदा समयमै सकाउन गाह्रो हुने प्रमुख खड्काले बताए ।

कर्णाली करिडोरको सुरुको विन्दु कालीकोटको खुलालु र अन्तिम विन्दु हुम्लाको सरिसल्ला रहेको छ । कालीकोट ४० किमी, बाजुरा ४४ किमी र हुम्ला ३८ दशमलव ७५ किमी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

Techie IT