Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु


एजेन्सी । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशमा यस वर्ष डेङ्गुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कूल १४५ जना डेङ्गुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गुका कारण मङ्गलबार दुई जनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार २९७ जना डेङ्गुका बिरामी उपचार पछि घर फर्केका छन् । बङ्गलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

बङ्गलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT