Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘केशरी’काे टिजर सार्वजनिक

‘केशरी’काे टिजर सार्वजनिक


काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ।

सार्वजनीक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ। ‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र, म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’मा जिवन्त अभिनय गरेकी छन्। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ।

नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुने टेली चलचित्र ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए। टेली चलचित्र ‘केशरी’ ५२ भाग सम्म पुर्याउने लक्ष्य रहेको छ।

टेली चलचित्र ‘केशरी’का निर्माता रघुनाथ सापकोटा हुन् उनलाई निर्माणमा राज कुमार श्रेष्ठले सघाएका छन्। टेली चलचित्रको छायाँकन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन्। ‘केशरी’मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनय राज पौडल,प्रदीप सिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी,समीर खनाल,स्मृति बस्नेत, डिम्पल खरेल, बिष्णु रोक्का लगायतका कलाकारको अभिनय रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

Techie IT