Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छः झलनाथ खनाल

संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छः झलनाथ खनाल


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा सबै जातजाति, समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्।

इस्लाम धर्मावलम्बीको पर्व इदउल अजहा (बकर इद)को अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका हुन्। मुस्लिम समुदायले मनाउने इदपर्वले एकापसमा मेलमिलाप, भातृत्व तथा सामाजिक सद्भाव वृद्धि गरी सामाजिक विविधताभित्र एकताको भावना विकास गर्ने विज्ञप्तिमा भनिएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले मुलुकलाई सांस्कृतिकरूपमा सम्पन्न बनाउन सकिने जनाउँदै विज्ञप्तिमा एकापसमा सहअस्तित्वका साथै प्रगति गर्न यो पर्वले उत्प्रेरित गर्ने उल्लेख गरिएको छ।

समाजको मौलिक संस्कृति र रहनसहनलाई संवर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन हुने अपेक्षा व्यक्त गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT