Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालचिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए

चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए


काठमाडौँ । चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा चार सय २१ जना विदेशी विद्यार्थी नेपाल आएका र नौ सय ७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएको बताए ।

उनका अनुसार स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा चार सय छ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन् । नेपालमा भारत, ब¬ङ्गलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि फेलोसिपमा पाँच जना, स्नातक तहमा सात सय एक जना र स्नातकोत्तर तहमा दुई सय ६६ जनालाई अध्ययन अनुमति दिइएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा गिरीले यही जेठ ८ गते बसेको आयोगको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षासम्बन्धी शिक्षण संस्थाको आशयपत्र र सम्बन्धन अनुमोदन गरिएको जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…

काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय

इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ

‘संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत भएको जनाएको छ

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

Techie IT