Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालजलहरीको विषयमा भइरहेको विवाद म सँग सम्बन्धित छैनः केपी ओली

जलहरीको विषयमा भइरहेको विवाद म सँग सम्बन्धित छैनः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन्।

जलहरीबारे ओलीले भने, ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि!’

शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताए।

त्यस्तै, प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको बताए। पहिले ९९.९९ प्रतिशत सांसदको समर्थनमा बजेट पारित हुने गरेकोमा अहिले ५३ प्रतिशतले मात्रै पारित भएको भन्दै ओलीले वर्तमान सरकारले संसदमा आफ्नो मत गुमाउँदै गएको दाबी गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT