Techie IT
२०८२ वैशाख २५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘लुङा’को गीत सार्वजनिक

चलचित्र ‘लुङा’को गीत सार्वजनिक


काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ।

लिरिकल गीतमा चलचित्रका मुख्य पात्र भुवन सिंह राई र सारा लोहोरुङ राईको मायाप्रितिका केहि दृश्यहरु समेत समाबेश छन्। चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि आर साम्सोहाङ सहनिर्माता रहेका छन्।

पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

भुमिसा प्रोडक्सनसँग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको, निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना, कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ। भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

Techie IT