Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यपाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक


काठमाडौँ। पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा जारी पुस्तक प्रदर्शनीमा इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी बिक्री भएका हुन्। प्रदर्शनीमा प्रतिष्ठान र साझा प्रकाशनद्वारा प्रकाशित पुस्तक राखिएको छ।

प्रदर्शनीमा इतिहाससम्बन्धी ‘सिञ्जाको ऐतिहासिक रुपरेखा’, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सत्यमोहन जोशीको ‘नेपाली चाडपर्व’, एसपी आशाको ऐतिहासिक उपन्यास ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, प्रा नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासलगायत पुस्तक बढी बिक्री भएको साझा प्रकाशनका प्रदर्शनी संयोजक पुण्य बखरेलले राससलाई जानकारी दिए।

प्रदर्शनीमा रु एकदेखि रु तीन हजार पाँच सयसम्मका पुस्तक राखिएको छ। रु एक मूल्य पर्ने ‘हबल्दार देवीप्रसाद’ र ‘भीमसेनपाती’, रु तीन हजार पाँच सय मूल्यपर्ने प्रज्ञा नेपाली वृहत् शब्दकोश पुस्तक प्रदर्शनीमा राखिएको हो। सांस्कृतिक संस्थानले प्रकाशन गरेको नेपाली संस्कृति पुस्तिका पनि रु तीनमै पाइन्छ। यसलाई पनि पाठकले मन पराएका छन्। यसका विभिन्न अङ्क साझा प्रकाशनको प्रदर्शनी कक्षमा राखिएको छ।

पुरातत्व विभागले प्रकाशन गर्ने प्राचीन नेपालका विभिन्न अङ्क पनि प्रदर्शनीमा पाउन सकिन्छ। साझाको प्रदर्शनी कक्षमा चार सय ९२ थरिका पुस्तक राखिएको र दैनिक कम्तीमा पनि रु बीस हजार बराबरको पुस्तक बिक्री हुने गरेको उनले बताए। प्रतिष्ठानको बिक्री कक्षमा पनि दैनिक कम्तीमा रु ३० हजारसम्मका पुस्तक बिक्री हुने गरेको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए।

प्रतिष्ठानले करिब ६०० थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखेको छ। साझाले २५ देखि ३० प्रतिशत र प्रतिष्ठानले १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिरहेका छन्। प्रदर्शनी यही असार २३ गतेसम्म सञ्चालन गरिने छ। पाठकको रुचि बढेमा समय लम्ब्याउन सकिने पनि जनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

Techie IT