Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालविवादित उपसचिवलाई आयोजना प्रमुख बनाउन शहरी विकास मन्त्रालयमा चलखेल

विवादित उपसचिवलाई आयोजना प्रमुख बनाउन शहरी विकास मन्त्रालयमा चलखेल


काठमाडौँ। शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा सहसचिवको दरबन्दी छ। सहसचिवको दरबन्दी रहेको समितिमा उपसचिव (डीई) सुवास बस्नेतलाई आयोजना प्रमुख बनाएर पठाउनका लागि सहरी विकास मन्त्री सीता गुरुङसमक्ष टिप्पणी उठाएर पठाइएको छ।

शहरी विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव प्रदीप परियारले मन्त्रीका स्वकीय सचिव हेमन्त गुरुङलाई समेत प्रभावमा पारी उपसचिव बस्नेतलाई अधिकार सम्पन्न बागमतीको आयोजना प्रमुख बनाउन लागेका हुन्। असार सुरुमै उनलाई बागमतीमा आयोजना प्रमुख बनाउन परियार र गुरुङले मन्त्रीकोमा प्रस्ताव लगे पनि उनले सदर गरेकी छैनन्। मन्त्रीकै टेबुलमा उक्त प्रस्ताव छ। असार मसान्त अगाडि आयोजना प्रमुख सरुवा गर्नु उपयुक्त नहुने सुझावपछि उनले सदर नगरेको समाचार स्रोत बताउँछ। कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाको समेत नाम लिएर मन्त्रालयका सहसचिव परियार र हेमन्तले मन्त्री सीतामाथि दबाब बढाएर असारमै बस्नेतलाई पठाउने र दरबन्दीका आयोजना प्रमुख रविन्द्र बोहरालाई हटाउने चलखेल गरिरहेका छन्। जसमा १० लाखको चलखेल भएको चर्चा सहरी विकास मन्त्रालयमा छ। मन्त्रीबाट फाइल भने सदर हुन सकिरहेको छैन।

सुवास बस्नेत निजामती प्रशासनमा अनुशासनहीन कर्मचारीका रुपमा चिनिन्छन्। उनले धादिङ डिभिजनदेखि भवन विभाग र बागमतीमा कार्यरत रहे पनि सरुवा हुँदा रमाना समेत नलिएको आरोप छ। उनले बरबुझारथ समेत नगरी बागमतीबाट गाडी नै लिएर गायब भएपछि सहसचिव परियारले नै गएको फागुनमा उनको गाडी ट्राफिकलाई पत्र लेखेर जफत गरी तानेका थिए। तर अनुशासन कायम गर्नुपर्ने जिम्मेवारीसहित मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख परियारले तिनै अनुशासनहीन बस्नेतलाई बागमतीमा पठाउन लागेका छन्।

यसैबीच, पूर्वमुख्यसचिव शंकरदास बैरागीको जिल्लाबासी भएकाले सहरी विकास मन्त्रायमा हालीमुहाली गर्ने अवसर पाएका परियारले अधिकार सम्पन्न बागमतीको आयोजना प्रमुखको गाडी नै हडपेर प्रयोग गर्दैआएका छन्। अधिकार सम्पन्न बागमतीका आयोजना प्रमुखले प्रयोग गर्ने बा २ झ ३७०७ र्याफो गाडी परियारले १ बर्षभन्दा बढी समयदेखि प्रयोग गरिरहेका छन्।

कर्मचारी प्रशासनका सहसचिव परियारले मन्त्रालयका शाखा अधिकृत डिल्लीराज श्रेष्ठ र रमाकान्त अर्यालमार्फत् सरुवामा दररेट अनुसार रकम उठाउने गरेको आरोप छ। राष्ट्रिय आवास कम्पनीका अध्यक्ष सन्जीव मिश्रलाई कार्यकारी अधिकार दिने भनेर पनि अधिकृतद्वय श्रेष्ठ र अर्यालबाट दररेट लिएको आरोप छ। सहसचिव परियारले श्रेष्ठ र अर्यालमार्फत् डिल गर्नका लागि छुट्टै गोप्य कोठा नै बनाएका छन्। मन्त्रालयका हरेक सरुवामा यिनै श्रेष्ठ र अर्यालमार्फत् नै परियारले लाभ लिंदै सदर गर्ने गरेका छन्।

नेकपा एकीकृत समाजवादीका मन्त्री रामकुमारी झाँक्री र मेटमणि चौधरी हुँदा सो पार्टीको निकट बनेर सहरी विकासमा आएका परियार माओवादी भए। माओवादी हुँदै अहिले नेपाली कांग्रेसको निकट भएका छन्। मौसमअनुसार जुन पार्टीको मन्त्री भयो, सोही पार्टीको भएर उनले सहरीमा ढलीमली गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT