Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालविकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया होः मुख्यमन्त्री शर्मा

विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया होः मुख्यमन्त्री शर्मा


सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन्। उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा जोड दिए। “राज्य दीर्घकालीन विकासतर्फ अग्रसर नभई अझै प्रक्रियामै अल्झिरहेको छ”, उनले भने, “हाम्रो राजनीति गर्ने तवरसमेत पछौटेपनमा आधारित छ, जहाँ एक दलले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेको अवस्था छ।”

हाम्रो दृष्टिकोण र सोचले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको तर्क गर्नुभएका मुख्यमन्त्री शर्माले जल, जङ्गल, जडीबुटी र प्रकृतिले धनी क्षेत्रको स्रोतको बेलैमा सदुपयोग गर्न सकिए कर्णाली एक्लैले सिङ्गो मुलुकलाई पाल्न सार्मथ्य राख्ने दाबी गरे। उनले अहिलेसम्म बनेका ऐन नियममा देखिएको अन्तरविरोधलाई हटाएर ती सबै परिणाम देखिने गरी कार्यान्वयनमा ल्याउनतर्फ लाग्नुपर्ने जनाए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज

काठमाडौँको कपनबाट पेस्तोलसहित १ जना पक्राउ

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

Techie IT