Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालमा लगानी भित्र्याउन आग्रह

नेपालमा लगानी भित्र्याउन आग्रह


काठमाडौँ । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गर्नुभयो । विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनको भनाइ छ ।

नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे प्रकाश पारे । नयाँ लगानीकर्तालाई कम्पनी दर्तालगायतका कानुनी प्रक्रिया सहज बनेको भन्दै उनले कुनै पनि कानुनी अड्चन नहुने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा हङ्कङ महावाणिज्यदूत उदय रानामगर, एनआरएनए मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, नेपाली समाज मकाउका अध्यक्ष युवराज न्यौपाने, मकाउ लगानी बोर्डका अध्यक्ष चेन मेङ कामले बोलेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT