Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाललिफ्टिङमार्फत घरघरमा पानी

लिफ्टिङमार्फत घरघरमा पानी


ढोरपाटन। “एक गाग्री पानी भर्न दुई घण्टा कुर्नुपथ्र्यो, अहिले यो गाउँका सबै घरमा धारा बनेका छन्, हाम्रो वर्षौँदेखिको समस्या समाधान भयो।” बागलुङ नगरपालिका–६ लमगाउँकी अनकली थापा अहिले ५० वर्ष भए। उनले थाहा पाउने भएदेखि यो गाउँमा खानेपानीको हाहाकार थियो। जिल्ला सदरमुकाम नजिकैको गाउँ भए पनि लमगाउँमा खानेपानीको समस्या वर्षौँदेखि हुँदै आएको थियो। तर यसवर्ष अनकलीलगायत गाउँका एक सय ४४ घरमा धारा बनेपछि स्थानीयवासी हर्षित छन्।

बागलुङ नगरपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को लगानीमा अहिले गाउँमा लिफ्टमार्फत खानेपानी वितरण थालिएको छ। लमगाउँमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ निर्माणपछि यसै सातादेखि धारामा पानी आउन थालेको छ। धारामा पानी आएपछि अब गाउँलेको दैनिकीमा परिवर्तन आउने अपेक्षा गरेको अनकलीले बताए। लामो समयदेखि सरोकारवाला निकायलाई खानेपानीको माग गरे पनि अहिले बल्ल पूरा भएको उनी बताउँछन्।

खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका स्थानीयवासीलाई ठूलो राहत पुगेको लमगाउँ लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष एकेन्द्र थापाले बताए। गाउँमा एक सय ४४ घरमा एक घर एक धारा र विद्यालयमा एउटा गरी एक सय ४५ धारा निर्माण गरिएको अध्यक्ष थापाले बताए।

रुपैयाँमा सम्पन्न भएको उनको भनाइ छ। बागलुङ नगरपालिकाले विनयोजन गरेको १२ लाख १६ हजार रु चार, नेवाको ४६ लाख दुई हजार चार सय २९ रुपैयाँ, स्थानीयवासीको नगद सहयोग चार लाख ५१ हजार चार सय र स्थानीय जनश्रमदान नौ लाख ५६ हजार तीन सय १४ खर्च भएको थापा बताउँछन्।

यस आयोजनाबाट गाउँका सात सय १६ जना नागरिकले सेवा लिने छन्। आयोजना अन्तरगत इन्टेक एक, पानी बाँड्ने पानी जम्मा गर्ने चारवटा स्थानीय समुदायमा एक सय ४४ र स्थानीय विद्यालयमा एक धारा निर्माण गरिएको छ। आयोजनाका निम्ति १० हजार छ सय ९१ मिटर पोलिथिन पाइप र उक सय ६० मिटर जिआई पाइप जडान गरिएको अध्यक्ष थापालेको भनाइ छ।

उनी भन्छन्ः “अब गाउँमा कोही पनि नागरिक पानी भर्नका लागि दुःख पाउनुपर्ने छैन, अहिलेसम्म जति समस्या भयो, त्यसलाई बिर्सिएर नयाँ खानेपानी आयोजनाको संरक्षण गर्ने र उपभोग गर्नुपर्छ, गाउँका नागरिकको अब दैनिकीसमेत फेरिने छ, पहिले खानेपानीकै लागि खर्च गर्ने समय अब उत्पादनमा लगाउने छन्, खेतीयोग्य भएर पनि सिँचाइ अभावमा बाँझो रहेका जमिनमा तरकारी फल्ने छन्, कोहीले पनि अब बजारबाट तरकारी किनेर खानुपर्ने छैन।”

बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले लमगाउँका सयौँ नागरिक खानेपानीको समस्याबाट लामो समयदेखि पिल्सिएको हुँदा नगरपालिकाले खानेपानीको सङ्कट रहेको गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्ने अभियान अन्तर्गत खानेपानीको मूल अभाव भएको स्थानमा लिफ्टमार्फत घर घरमै खानेपानी पु¥याएको बताए। खेतमा रहेका कुवा, मूल र सामुदायिक धाराको पानी प्रयोग गर्दै आएका स्थानीयवासीले लिफ्टमार्फत घरमुनिको पानी तानेर घर–घरमा पु¥याइएको उनको भनाइ छ।

“विविध कारणले बजार भएर पनि यो ठाउँमा खानेपानीको व्यवस्थापन हुनसकेको थिएन, खानेपानी अभावमा स्थानीयवासीले अहिलेसम्म ठूलो अभाव झेल्दै आए, अब कसैले पानीको समस्या भयो भन्नुपर्ने छैन,” नगर प्रमुख श्रेष्ठले भने– “यो आयोजनालाई स्थानीयवासीले जति संरक्षण गर्नुहुन्छ, उति दीर्घकालीसम्म रहन्छ, समस्या परे नगरपालिकाले सहयोग गर्दै जानेछ।” नगरभित्र खानेपानीको अभाव भएको क्षेत्रमा थप व्यवस्थापन गरेर जाने उनले बताए। लिफ्टमार्फत खानेपानी पुर्याउँदा विद्युत् महसुल बढी लाग्ने भए पनि गण्डकी प्रदेश सरकारले छुट गरेका कारण अहिले सहज भएको श्रेष्ठको भनाइ छ।

आगामी पाँच वर्षभित्र बागलुङ नगरपालिकाको खानेपानी सङ्कट क्षेत्रमा खानेपानी पुर्याउने लक्ष्य राखेको उनले बताए। नेपाल स्वास्थ्यका लागि पानी (नेवा)का गण्डकी प्रदेश प्रमुख रमेश दाहालले आफूहरुले सुगमदेखि दुरदराजका गाउँमा खानेपानीको समस्या समाधान गर्दै आएको भन्दै लमगाउँमा पनि त्यो समस्या लामो समयदेखि रहँदै आएको हुँदा नगरपालिकासँग सहकार्य गरेर समसाधान गरेको बताए। अव्यवस्थित रुपमा रहेको खानेपानीको मूललाई व्यवस्थित गरेर घर–घरमा धारा पु¥याइएको उनको भनाइ छ। आयोजनाका लागि नेवाले ४६ लाख दुई हजार चार सय २९ रुपैयाँ लगानी गरेको छ। स्थानीयवासीको सहजताका लागि दुई÷दुईवटा पानी तान्ने विद्युतीय मोटरको व्यवस्थापन गरेको उनी बताउँछन्। आयोजना विसं २०७९ साउन १६ गतेदेखि सुरु भएको थियो भने २०८० असार १५ मा सम्पन्न भई घरघरका धारामा पानी वितरण गर्न थालिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

Techie IT