Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालगेहेन्द्र धिमाल फाउन्डेसनद्वारा लैङ्गिक अल्पसंख्यक कलाकारको कला प्रदर्शनी सम्पन्न

गेहेन्द्र धिमाल फाउन्डेसनद्वारा लैङ्गिक अल्पसंख्यक कलाकारको कला प्रदर्शनी सम्पन्न


काठमाडौँ। गेहेन्द्र धिमाल फाउन्डेसनले लैङ्गिक अल्पसंख्यक समुदायमा आधारित ‘सिलाएका सपनाहरू’ थिममा रही ‘द प्राइडस् प्यालेट’ फेसन डिजाइन र कला प्रदर्शनी सम्पन्न गरेको छ।

यो कार्यक्रमले LGBTQIA+ कलाकारहरूलाई उनीहरूको कलाको रूप अभिव्यक्त गर्न र प्रदर्शन गर्नको लागि ‘एक्सपोजर’ सिर्जना गरेको आयोजक संस्था गेहेन्द्र धिमाल फाउन्डेसनका अध्यक्ष गौतम धिमालले बताए।

वर्तमान र भावी पुस्तामा कलालाई पुनर्जीवित गर्ने र कला प्रदर्शन गर्ने महत्त्वपूर्ण कदमको रुपमा जुन २५ देखि जुन ३० तारिकसम्म यो प्रदर्शनी आयोजना भएको थियो। एकता, सामूहिकता, र पहिचानका साथै भेदभाव र हिंसाको प्रतिरोधको रुपमा अंग्रेजी पात्रो अनुसार ‘जुन महिनालाई लैङ्गिक अल्पसंख्यक समुदाय (लेस्बियन, गे, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर, र इन्टरसेक्स ९ीन्द्यत्त्तक्ष्ब्ं० ले) ‘प्राइड मन्थ’को रुपमा मनाउने गर्छन्। लैङ्गिक मापदण्डलाई चुनौती दिनु, हुर्काईमा समानुभूति प्रदान गर्नु, मानसिक स्वास्थ्यलाई ध्यानमा राख्ने लगायतका उद्देश्य सहित यो प्रोजेक्ट आयोजना भएको फाउन्डेसनका अध्यक्ष धिमालले बताए। यो प्रदर्शनीमा दुई कलाकारहरु डिजाइनर एलिज घिमिरे र अदिति शेर्पा डिजिटल कलाकारका कला प्रदर्शनी भएका थिए।

पहिलो पटक आयोजना भएको ‘सिलाएका सपना’मा क्वियर कलाकारले लैङ्गिक तरलता र लैङ्गिक डिसफोरियामा आधारित आफ्नो संग्रह प्रदर्शन गरेका छन्। यो प्रदर्शनी आफ्नो किसिमको पहिलो मात्र नभई कलाकार मात्र नभएर सिंगो समूदायको आन्दोलन, इतिहास, उपलब्धि पनि भएको जनाईएको छ। यो प्रदर्शनीमा नेपालका लागि अमेरिकी राजदुतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट ई. विल्करसन साथै नेपाली प्रसिद्ध कलाकारहरूको उपस्थिति रहेको थियो भने लैङ्गिक अल्पसंख्यक समुदायका विभिन्न व्यक्तिहरु लगायत सयौँको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT