Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यज्योतिष विषयका अध्येताका लागि उपयोगीः ज्योतिःशतकम् बजारमा

ज्योतिष विषयका अध्येताका लागि उपयोगीः ज्योतिःशतकम् बजारमा


काठमाडौँ। ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् बजारमा आएको छ। पोखरा महानगरपालिका–३३ शिववस्ती निवासी उनको उक्त पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ।
विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचना हो। पौड्यालले ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लेखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुुझ्ने गरी प्रस्तुत गरेका छन्।
छयत्तर पृष्ठमा समेटिएको सो पुस्तकको प्रथम पल्लवमा उनले नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषको विश्लेषण गरेका छन्। दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण, चौँथो पल्लवमा संक्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा गरिएको छ। पाँचौँ पल्लवमा संक्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूूर्यप्रसाद ढुुङ्गेलले “शिक्षाको सूत्र झैंँ सामान्यबाट जटिलतिर लम्केको यो पुस्तक विशेष गरेर ज्योतिष पेसा एवम् पुरोहित्याई गर्नेहरूका लागि र वालज्योतिषीलाई समेत बढी उपयोगी हुने बताए।
विसं २००८ जेठ ३१ गते भरतपोखरी – ६ बर माझथर (हाल पोखरा महानगरपालिका–३३)मा जन्मिएका स्व खडानन्द÷जानुकाको छोरा पौड्यालको यस अघि ज्योतिषसम्बन्धी विभिन्न लेखरचना (२०७२), फलित पञ्चामृतम् पहिलो संस्करण (२०७३), दोस्रो संस्करण (२०७४) र तेस्रो संस्करण (२०७६) प्रकाशित भइसकेकोे छ।
शैक्षिक, सामाजिक एवम् राजनीतिक क्षेत्रका दर्जनौं सङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले यसअघि राष्ट्रिय शिक्षा समिति पुरस्कार (२०५२), अन्तर्राष्ट्रिय ज्योतिष भूूषण पुरस्कार (२०५६) लगायत राष्ट्रिय एवम् स्थानीय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन। प्रातःप्रार्थना, स्तुति एवम् पञ्चयज्ञ, स्तोत्रानुवाद, सर्वदेव पूजा पद्धति, सरल ज्योति उनका प्रकाशोन्मुख कृति हुन्।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT