गृहपृष्ठ ∕ नेपाल ∕ एलओडीका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारीएलओडीका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी नेपालीपत्र बिहीबार, २०८० असार २१ गते, १४:३८ मा प्रकाशित नेपाल काठमाडौ। ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले जिल्ला अदालत ललितपुरबाट उनीहरुविरुद्ध पक्राउ गर्ने अनुमति लिएको हो।एक १६ वर्षीया बालिका बलात्कारको घटनामा अनुसन्धान गर्न क्लबका सञ्चालकद्वय रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।नाबालिगलाई क्लबमा प्रवेश दिएको बारेमा अनुसन्धान गर्न एलओडीका दुई सञ्चालकविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको ललितपुर प्रहरीले जनाएको छ।जेठ ३० गते ती बालिका एलओडी गएकी थिइन्। आफूलाई एलओडीबाट ललितपुर लगी बलात्कार गरिएको भन्दै उनले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरीका आधारमा प्रहरीले बलात्कारको आरोपमा पोखरा घर भई ललितपुरको बागडोलमा बस्दै आएका सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ।प्रहरीसँगको बयानमा ५० वर्षीय कोइरालाले पीडित बालिका नाबालिग नभएको जिकिर गरेका छन्। #एलओडीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार र्यान्डमले चलायो पोखरामा कर्णालीको चर्चापोखरा, साउन ३१ गते । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमाकाठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँकाठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि, व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्नेकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।धेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ ३ मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान ४ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ५ भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ ६ भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु ७ झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउThe Film Nepal