Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा

‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिएका छन्।
हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने नियममा अर्कै कुरा हुन्छ, त्यसैगरी नीति एउटा बनाइन्छ भने व्यवहार, निर्देशिका र आचासंहितामा अर्कोकुरा उल्लेख भएकाले अब तिनमा तालमेल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यदी ऐन सही छैन भने त्यसलाई संशोधन गरी ऐनबमोजिम नियम बनाउनुपर्नेमा जोड दिए।
विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल’ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएकी शर्माले विज्ञापन नीति निर्माण गर्नुभन्दा पनि कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा प्रष्ट दृष्टिकोण र योजना हुनुपर्ने बताए। “विज्ञापन नीतिको मस्यौदामा धेरै विषयवस्तु समेटिएको छ तर यसलाई कार्यान्वयनमा कसरी लैजान्छौँ, यसको कार्यान्वयनका लागि मेकानिजम कसरी बनाउँछौँ र कसरी व्यवस्थित ढङ्गबाट अगाडि बढाउँछौँ भन्ने विषय नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ”, उनको भनाइ थियो।
कतिपय गलत विज्ञापनका कारण मान्छेको ज्यान जानेसम्मको अवस्था आउनु गलत भएको बताउँदै मन्त्री शर्माले त्यसको व्यवस्थापनका निम्ति पनि प्रष्ट नीति आवश्यक रहेकामा जोड दिए। मानव स्वास्थ्यको हिसाबले के कुराको विज्ञापन गर्न मिल्छ के कुराको विज्ञापन गर्न मिल्दैन भन्ने विषयमा पनि अति बढी कडाइ हुनुपर्ने उनले बताए।
नेपालको संविधान, ऐन÷कानुन, नीति, नियम र आचारसंहिता प्रतिकूल हुने गरी विज्ञापन गर्न नपाइनेमा जोड दिँदै मन्त्री शर्माले पछिल्लो समयमा विकास भएको डिजिटल मिडिया वा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने र विज्ञापन निर्माणका क्रममा मानव स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरोकारवाला सबै पक्षको सल्लाह सुझावलाई समावेश गरेर विज्ञापन नीतिलाई अझै परिमार्जन र परिष्कृत बनाइने बताए। विज्ञापनको बजार विस्तारलाई पनि विज्ञापन नीतिमा समावेश गरिने उनको भनाइ थियो। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले मिडिया खोल्न पाउने लोकतान्त्रिक अधिकारलाई बहसको विषय बनाउन नहुने तर विज्ञापनको प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिए।
उनले भने, “कतै राम्रो मिडियाले विज्ञापन पाएको छैन, कतै सामान्यले पाइरहेको छ, त्यसैले समानुपातिक विज्ञापन वितरण हुनुपर्छ।” नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हिमराज ढकालले विज्ञापन नीति बनाउनेभन्दा त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गरे।
नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम धितालले नेपालको सानो बजारमा धेरै मिडिया आवश्यक नभएकाले  तिनलाई एक आपसमा गाभ्नुपर्ने धारणा व्यक्त गरे। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रलाई पारदर्शी, व्यावसायिक, मर्यादित, उत्तरदायी र उपभोक्ता लक्षित बनाउने उद्देश्यले विज्ञापन नीति ल्याउने तयारी गरिएको प्रस्ट पारे।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा तीनजना घाइते छन् ।

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा पाँच जना घाइते

काठमाडौँ । ललितपुरको ग्वाको नजिकै एक टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मोबिल

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौँ । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २…

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ ।

Techie IT