Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालवाग्नर प्रमुख अझै रूसमै रहेको बेलारूसी राष्ट्रपति लुकासेन्कोको भनाइ

वाग्नर प्रमुख अझै रूसमै रहेको बेलारूसी राष्ट्रपति लुकासेन्कोको भनाइ


एजेन्सी । वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारूसी शीर्षस्थ अधिकारीले बताएका छन् ।

बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, “जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ । उहाँ बेलारूसमा हुनुहुन्न ।” मिन्स्कस्थित प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टालामो गोलमेच वार्तामा उनले एएफपीलगायत अन्तर्राष्ट्रिय र बेलारूसका पत्रकारसँग कुराकानी गरेका थिए ।

लुकाशेन्कोले प्रिगोजिन स्वतन्त्र व्यक्ति हुन् भन्ने कुरा आफूलाई ‘निश्चित रूपमा’ थाहा भएको बताउँदै भने, “मैले हिजो उहाँसँग फोनमा कुरा गरेको थिएँ ।” क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारूस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारूसमा शिविर स्थापना नगरेको पनि उनले बताए ।

लुकाशेन्कोले भने,“अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन ।” उनले भने, “यो निर्णय उहाँको होइन, मस्कोको हो ।”

प्रिगोजिनले जुन २३ मा रूसको सैन्य नेतृत्वविरुद्ध विद्रोह सुरु गरेको घोषणा गरे विद्रोहको घोषणासँगै राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वलाई सबैभन्दा ठूलो चुनौती दिँदै मस्कोतर्फ सशस्त्र टुकडी पठाएका थिए तर तत्कालै एक दुई दिनभित्र नै फिर्ता गरे ।

करिब २४ घण्टापछि क्रेमलिनले लुकाशेन्कोको मध्यस्थताका कारण सङ्कट समाधान भएको र प्रिगोजिन बेलारूस प्रस्थान गर्ने बताएको थियो ।

त्यसयता रूसी अधिकारीहरूले प्रिगोजिनको व्यवसाय बन्द वा छापा मारेका छन् । रूसी सञ्चारमाध्यमले बुधबार प्रसारण गरेको तस्बिरमा प्रहरी प्रिगोजिनको विशाल र विलासी भवनमा जुन २५ मा हेलिकप्टर पार्किङ गरी राखिएको अवस्थामा प्रवेश गरेको देखिएको छ ।

तस्बिरमा प्रहरीले रुबल र डलर, सुनका सिक्का, हतियार, विगले भरिएको कोठरी र प्रिगोजिनको नाममा थुप्रै राहदानी र विभिन्न व्यक्तिको फोटो फेला पारेको देखिएको छ ।

लुकाशेन्कोले आफ्नो देशमा वाग्नर सेनालाई शरण दिनेबारे आफू ‘चिन्तित वा दुःखी’ भने नभएको बताएका छन् । उनले भने, “यदि वाग्नर सैनिकहरू बेलारूस जाने हो भने उनीहरूले बेलारूसी सरकारसँग सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ ।”

उनले भने, “मलाई वाग्नरले बेलारुसको राज्यविरुद्ध आफ्नो बन्दुक उचाल्नुहुनेछ भन्ने मलाई लाग्दैन ।” उनले अगाडि भने, “यदि हामीलाई यी एकाइहरू सक्रिय गर्न आवश्यक छ भने, हामी तिनीहरूलाई तुरुन्तै सक्रिय गर्नेछौं र उनीहरूको अनुभवको धेरै प्रशंसा गरिनेछ ।” लुकाशेन्कोले प्रिगोजिन र पुटिनबीचको सम्बन्धका बारेमा पनि बोलेका थिए ।

“मलाई पुटिन र प्रिगोजिनबीचको सम्बन्धका बारेमा सबै कुरा थाहा छैन र म सबै कुरा जान्न चाहन्नँ,” उनले भने । “पुटिनले प्रिगोजिनलाई मभन्दा धेरै राम्ररी चिन्नुहुन्छ,” उनले भने । उनले प्रसँगलाई थप व्याख्य गर्दै भने, “के तपाईंलाई पुटिन यति प्रतिशोधी हुनुहुन्छ भन्ने लाग्छ ? के उनले भोलि पुटिन वा आफुलाई टक्कर दिनेछन् ? अहँ, त्यस्तो हुनेवाला छैन ।”

द्वन्द्वमा पुटिनका निकटतम सहयोगी लुकाशेन्कोले आफ्नो देशलाई युक्रेन आक्रमणको मञ्चको रूपमा प्रयोग गर्न दिएको युक्रेन लगायतका पश्चिमी सहयोगीहरूले लगाएका छन् ।

तर लुकाशेन्कोले बेलारूसको सेना युक्रेन द्वन्द्वमा संलग्न नहुनेमा जोड दिए । उनले भने, “यो केही पनि होइन र हुन्न । मलाई त्यसो गर्न बाध्य पारिन सक्छ ? यसको कुनै आवश्यकता छैन।” रूसले बेलारूसलाई हस्तान्तरण गरेको सामरिक आणविक हतियारको ‘रक्षात्मक उद्देश्य’ मात्र रहेको बताए ।

उनले द्वन्द्वमा बेलारूसी संलग्नताबारे भने, “हामी कसैलाई पनि आणविक हतियारले आक्रमण गर्ने योजना बनाइरहेका छैनौं । ’तर बेलारुसमाथि आक्रमण भए तत्काल जवाफ दिइनेछ ।” बेलारूसका नेताले यस वर्षको अन्त्यसम्ममा रणनीतिक हतियारहरू आफ्नो देशमा पूर्ण रूपमा तैनाथ गरिने बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

Techie IT