Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म गदर २ः पहिलो भागमा अभिनय गरेका केही महत्वपुर्ण कलाकारले यो संसार छोडिसकेका छन्

फिल्म गदर २ः पहिलो भागमा अभिनय गरेका केही महत्वपुर्ण कलाकारले यो संसार छोडिसकेका छन्


एजेन्सी । गदरः एक प्रेम कथा रिलिज भएको २२ वर्ष भैसक्यो तर पनि फिल्म अझै पनि उत्तिकै चर्चामा रहेको छ । ‘गदर’ पुनः रिलिज भएपछि हलमा दर्शकहरुले घुइचो लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्म निर्माण टोलीले ‘गदर २’ को रिलिजको तयारी गरिरहेको छ ।

पहिलो भागमा अभिनय गरेका केही महत्वपुर्ण कलाकारले यो संसार छोडिसकेका छन् ।

‘गदरः एक प्रेम कथा’ मा सनी देओलजस्तै अमरीश पुरीको पात्रलाई निकै मन पराइएको थियो । अमरीश पुरीले अमीषा पटेल अर्थात् सकिनाका बुबा अशरफ अलीको भूमिका निभाएका थिए, जसको फ्यान फलोइङको फरक स्तर छ।

अमरीश पुरीको क्यारेक्टरको रिप्लेसमेन्ट भेट्टाउन निकै गाह्रो थियो, त्यसैले निर्माताहरूले उनको ठाउँमा अरू कसैलाई दिएनन्।

अमरिशको मृत्यु १२ जनवरी २००५ मा भएको थियो।

त्यस्तै ुगदरः एक प्रेम कथामा विवेक शौकको चरित्र निकै महत्त्वपूर्ण थियो। उनले तारा सिंहका साथी दरमियाँ सिंहको भूमिका निर्वाह गरेका थिए । आफ्नो साथीको लागि ज्यान पनि दाउमा लगाउन तयार साथी तर अब ‘गदर २’ मा देखिने छैनन् । विवेक शौकको १० जनवरी २०११ मा मृत्यु भएको थियो ।

‘गदरः एक प्रेम कथा’ मा पाकिस्तानी पत्रिकाका सम्पादकलाई सम्झनु हुन्छ? त्यो पात्र मिथिलेश चतुर्वेदीले निभाएका थिए । अहिले उनी यो संसारमा छैनन् । यस्तो अवस्थामा उनको चरित्र पनि ‘गदर २’ मा देखिने छैन ।

गदरः एक प्रेम कथाु ब्याकग्राउन्डमा बलियो स्वर बजिरहेको थियो। यो आवाज कुनै पनि पहिचानमा निर्भर छैन। फिल्ममा कथाकारको आवाज ओम पुरीले दिएका थिए । अब अभिनेताको उक्त स्वर सुन्न पाइने छैन ।

फिल्म ११ अगस्टमा रिलिज हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT