Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘चीन मसँग वार्ता गर्न चाहन्छ, म पनि वार्ताका लागि तयार छु’

‘चीन मसँग वार्ता गर्न चाहन्छ, म पनि वार्ताका लागि तयार छु’


एजेन्सी । तिब्बतका आध्यात्मिक नेता दलाई लामाले तिब्बतको समस्या समाधान गर्न चीनले आफूसँग सम्पर्क गर्न चाहेको र त्यसका लागि आफू तयार रहेको बताएका छन् ।

यो वार्ता आधिकारिक होस् वा अनौपचारिक, जसरी भए पनि उनीहरु त्यसका लागि तयार रहेको उनले बताए ।

दिल्ली र लद्दाखको भ्रमणमा जानुअघि हिमाचलको कांगडा विमानस्थलमा सञ्चारकर्मीसँग उनले उक्त जानकारी दिएका हुन् ।

दलाई लामाले भने,‘चीन परिवर्तन हुँदैछ र अब तिब्बतका जनता धेरै शक्तिशाली छन् भन्ने महसुस भएको छ।’

उनले भने, ‘तिब्बतको समस्या समाधान गर्न चीन मसँग सम्पर्क गर्न चाहन्छ र म पनि तयार छु।’

एक प्रश्नको जवाफ दिँदै दलाई लामाले भने, ‘म चीनसँग वार्ताका लागि सधैं तयार छु र हामीले पूर्ण स्वतन्त्रता नचाहेको कुरा वर्षौंअघि स्पष्ट गरिसकेको छु । हामी गणतन्त्र चीनको एक हिस्सा रहनेछौं।’

यसअघि जुलाई ६ मा दलाई लामाले धर्मशालामा आफ्नो ८८ औं जन्मदिन मनाएका थिए र आफ्नो निवास नजिकै रहेको मुख्य तिब्बती मन्दिरको दर्शन गरेका थिए। यस अवसरमा उपस्थित आफ्ना अनुयायीलाई सम्बोधन गर्दै दलाई लामाले भने– म कसैसँग रिसाएको छैन । तिब्बतप्रति कठोर व्यवहार गर्ने चीनका नेताहरूप्रति पनि म रिसाएको छैन। वास्तवमा, चीन ऐतिहासिक रूपमा बौद्ध राष्ट्र हो।’

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

Techie IT