Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थआईएमई पे, खल्ती र प्रभु पे पनि नेपालपे क्यूआरमा आबद्ध

आईएमई पे, खल्ती र प्रभु पे पनि नेपालपे क्यूआरमा आबद्ध


काठमाडौँ। नेपालपे क्यूआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे आवद्ध भएसँगै ग्राहकले यी वालेटहरु प्रयोग गरी नेपालपे क्यूआरको मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन्।

काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गरी यी सेवाहरूबारे सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का र प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिको सहभागिता रहेको थियो।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा इस्यूइङ एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।

नेपालपे क्यूआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्यूआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ।

आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बुधबार बसेको

शेयर बजारमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । आज बिहीबार शेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च भएको

निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

काठमाडौँ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा

Techie IT