Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमनाङ एयरको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु


काठमाडौँ । मनाङ एयरको एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

हालसम्म ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअर हेलिकप्टर परिचालन गरिएको थियो। बिहान १० बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको मनाङ एअरको हेलिकप्टर खोजीकार्य भइरहेको थियो ।

सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

हेलिकप्टरमा चालकसहित ६ जना रहेका थिए । हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– २ सुर्के हेलिप्याडबाट हेलिकप्टर बिहान १० बजेर ५ मिनेटमा उडेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT