Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीघरेलु फेस प्याकको मद्दतले यसरी ल्याउनुस् अनुहारको सौन्दर्य

घरेलु फेस प्याकको मद्दतले यसरी ल्याउनुस् अनुहारको सौन्दर्य


एजेन्सी । अचेल तिब्र गतिमा बदलिएको जीवनशैली र बिग्रँदै गएको खानपानले मानिसलाई धेरै समस्याको सिकार बनाउँदै लगेको छ । स्वास्थ्य मात्र नभई आजकल छाला सम्बन्धी समस्याले सबैलाई निकै त्रसित बनाएको छ ।

बढ्दो उमेर, प्रदूषण र हाम्रो बानीको असर हाम्रो छालामा प्रष्ट देखिन्छ । यी सबै कारणले गर्दा मानिसहरु विभिन्न छाला समस्याहरु जस्तै पिग्मेन्टेसन, कालो दाग, पिम्पल आदिको सिकार हुन थाल्छन् ।

यस्तो अवस्थामा मानिसहरू आफ्नो छालालाई यी समस्याहरूबाट टाढा राख्न र आफ्नो सौन्दर्य कायम राख्न धेरै महँगो र ब्रान्डेड उत्पादनहरू प्रयोग गर्छन् । तर यसका बाबजुद पनि अपेक्षित नतिजा आउन सकेको छैन । केहि उत्पादनहरूमा प्रयोग हुने रसायनहरू कहिलेकाहीं साइड इफेक्टको कारण बन्छन् । यस्तो अवस्थामा समस्या समाधान हुनुको सट्टा झन् बढ्छ ।

त्यसैले आज हामी तपाईलाई एउटा यस्तो फेस प्याकको बारेमा बताउनेछौँ, जसको मद्दतले प्राकृतिक तरिकाले यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सामग्री
२–३ चम्चा दही
१ चम्चा चामलको पिठो
१ चम्चा मुलतानी मिट्टी ९माटो०
२ थोपा कागतीको रस
१ चम्चा मह
२–३ चम्चा काँचो दुध
१ चम्चा बेसार

फेस प्याक बनाउने तरिका
कालो दागको लागि फेस प्याक बनाउन पहिले एउटा कचौरा लिनुहोस् ।
अब यसमा एक देखि दुई चम्चा दही मिसाएर राम्ररी फेट्नुहोस् ।
यसपछि त्यसमा एक चम्चा चामलको पिठो र मुलतानी मिट्टी मिलाउनुहोस् ।
अब यसमा एक चम्चा बेसार, दुई थोपा कागती र मह मिसाएर राम्ररी मिलाउनुहोस् ।
कालो दागको लागि फेस प्याक तयार भयो ।

फेस प्याक कसरी प्रयोग गर्ने ?
फेसप्याक लगाउनुअघि अनुहार राम्ररी धुनुहोस् र सुकाउनुहोस् ।
अब यो प्याकलाई औंला वा ब्रशको मद्दतले अनुहार र गर्दनमा लगाउनुहोस् ।
फेसप्याक लगाएपछि २० मिनेटसम्म सुक्न दिनुहोस् ।
यसपछि पानीको मद्दतले अनुहार पखाल्नुस् ।
अब काँचो दूधमा कटन बल भिजाएर अनुहारमा लगाउनुहोस् ।
यो फेसप्याक नियमित दुई हप्तासम्म लगाउनाले दाग कम हुन थाल्छ ।
साथै, यो प्याकको मद्दतले तपाईको छाला पनि चम्किलो हुन थाल्छ ।
राम्रो नतिजाको लागि, तपाइँ यो प्याक हप्तामा ४ पटक प्रयोग गर्न सक्नुहुन्छ ।
साथै, ध्यान राख्नुहोस् कि यसलाई प्रयोग गर्नुअघि, छालामा प्याच परीक्षण गर्नुहोस् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

बागलुङ । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर…

पर्सा । पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर बिरामीको उपचार गरिएको छ । अति संवेदनशील मानिने

धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ ।

Techie IT