Techie IT
२०८२ भदौ २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालनक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ वटा कसुरमा मुद्दा दायर

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ वटा कसुरमा मुद्दा दायर


काठमाडौँ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध आज बुधवार मुद्दा दायर गरेको छ। उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले आरोपितहरूबाट २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरेको छ। मुद्दा दायर गर्नका लागि आज अन्तिम म्याद थियो। सङ्गठित अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान थालेको ६० दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था छ।

आरोपीहरूलाई अदालतले दोषी ठहर गरेमा ७० हजार रुपैयाँ जरिबाना र सात वर्षसम्म कैद सजाय हुन सक्नेछ।

मुद्दा दर्ता भएका ३० मध्ये १६ जना पक्राउ परिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री वालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजाललगायत रहेका छन्। रायमाझी, खाण, पाण्डे, रिजालसहित पूर्वसभासद आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

१४ जना भने फरार रहेका छन्। फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT