Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानमा सुरक्षा कारबाहीमा ९ जना सैनिक र पाँच जना आतङ्ककारीको मृत्यु

पाकिस्तानमा सुरक्षा कारबाहीमा ९ जना सैनिक र पाँच जना आतङ्ककारीको मृत्यु


एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ ।

प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक समूहले बुधबार बिहान लुकेर आक्रमण गर्दा सैनिक जवानले वीरगति प्राप्त गरेका सेनाको आन्तरिक सञ्चार तथा जनसम्पर्क कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सेनाले गरेको कारबाहीमा पाँच जना आतङ्ककारी पनि मारिएका छन् ।

पाकिस्तानी सेनाले सुरक्षा बल बलुचिस्तानसहित पाकिस्तानको शान्ति सुव्यवस्थामा खलल पार्ने शत्रुका सबै घृणित प्रयासलाई विफल पार्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा दुई जनजातिबीच जारी झडपमा परी मृत्यु हुनेको सङ्या १३ पुगेको छ । बुधबार थप दुई जनाको मृत्यु भएको हो । हालसम्म ७४ जना घाइते भएका छन् । कुर्रममा लगातार छैटौँ दिन पनि जारी झडपमा थप पाँच जना घाइते भएका दैनिक समाचारपत्र डनलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

जिल्लाको बोसेहरा डाँडर क्षेत्रमा गत साता झडप सुरु भएको हो । जातीय द्वन्द्व अहिले खार कल्ले, बलेशखेल, पेवार, गिदु, तेरी मेङ्गल, कर्मान पारा चम्कनी, मकबल, कुञ्ज अलिजाईलगायत जिल्लाका अन्य भागमा फैलिएको छ ।

हिंसात्मक झडपका कारण सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रका जनताले खाद्यान्न, औषधि र इन्धनको अभाव भोग्नुपरेको छ । शैक्षिक संस्था बन्द हुँदा जनजीवन प्रभावित भएको छ । कुर्रमका सहायतक कमिश्नर सैयद सैफुल इस्लाम शाहले जनजातिका अग्रजहरूसँग शान्ति बहाली तथा झडप रोक्ने सम्बन्धमा सहकार्यको प्रयास भइरहेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

Techie IT