Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुरु हुने भयो रामनाथ मुखियाको उपचार

सुरु हुने भयो रामनाथ मुखियाको उपचार


जनकपुरधाम। आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका– ९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ। दश-बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उनी पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसेका थिए।

करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहेका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो–नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो।

फोरमका उपाध्यक्ष डा पिके ठाकुरले आफूहरुको पहल तथा वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार हुन लागेको जानकारी दिए।

उनका अनुसार एम्सले मुखियाको उपचारका लागि सहयोग गर्ने बताएको छ। “डाक्टर्स फोरमले पहल गरेपछि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले एम्स उच्च व्यवस्थापन पक्षसँग छलफल गरी सिफारिस पत्र बनाइदिएको छ। सो पत्रका आधारमा सकेसम्म निःशुल्क र नभए न्यूनतम दस्तुरमा उपचार हुने जानकारी पाएका छौँ”, डा ठाकुरले रासससँग भने।

रामनाथका बुबा उत्तिममान मुखियाले पनि महावाणिज्य दूतावासको पत्र प्राप्त भएको र शुक्रबार नै छोरालाई लिएर भारतको राजधानी नयाँदिल्ली जान लागेको जानकारी दिए।

“धेरै कुरा त राससले यसअघि नै लेखिसकेको छ। भएको सम्पत्ति सकिएपछि हार खाएर उपचार गर्न छोडेका थियौँ। छोराको स्वास्थ्य समस्या झनझन बल्झिँदै गएपछि धेरै ठाउँ चाहर्दा पनि कतैबाट सहयोग पाएका थिएनौँ”, मुखियाले भने, “राससले समाचार लेखेको र डा ठाकुरले चासो राखेपछि अहिले उपचारको लागि पहल भएको छ र आजै उपचारका लागि जाँदैछौँ।”

७० वर्षीय उत्तीममानले छोरा रामनाथको उपचारका लागि गरेको सङ्घर्ष र आर्थिक अभावमा भोग्नुपरेको समस्याका बारेमा राससमा ‘उत्तिममानको पीडाः उपचारमै सकियो सम्पत्ति’ भनेर यसअघि समाचार प्रकाशित भएको थियो।

उत्तिममानले बताएअनुसार माइलो छोरा रामनाथ मुखियालाई दश÷बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो। उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र पछि छिमेकी भारतीय सीमामा रहेका धेरै अस्पताल पु¥याए पनि रोग निको भएको थिएन। पुर्खाबाट अंशमा पाएको करिब तीन बिघा जमिन र साहुँ महाजनबाट चक्रीय ब्याजदरमा लाखौँ ऋण लिएर उपचार गर्दा मुखिया परिवार समस्या छ।

“मैले उपचारका लागि हरसम्भव प्रयास गरे। जायजेथा बेचे, ऋण काँडे। अरु छोराहरुको कमाइ पनि उपचारमै खर्च गरे। आखिर बाबु न हुँ, उसको दुःख र छटपटाहट कसरी हेरिबस्नु! अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन”, आँखाभरि आँसु टिलपिलाउँदै उनले भनेका थिए।

पाँच वर्षअघि डाक्टरले मासिक ३० हजार भारतीय रुपैयाँ पर्ने सान्डोस्टाटिन एलएआर नामक सुई लगाउन सिफारिस गरेका थिए तर पाँच वर्षअघि सुरु गर्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु हुन सकेको छैन।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…

काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय

इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ

‘संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत भएको जनाएको छ

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

Techie IT