Techie IT
२०८२ कात्तिक ११, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकेरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह


रसुवा। नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन्।

व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरुले आग्रह गरेका हुन्।

टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन्।

अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि, २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारीलाई प्रवेश अनुमति प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर प्रालिले संयुक्त रूपमा माग गरेका हुन्।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले यस सम्बन्धी कार्यविधि बनाइ नियमानुसार रसुवागढी नाकाको समस्या छिट्टै समाधान गरिने बताए।

कोरोना सङ्क्रमणपश्चात् २०७९ साल चैत १८ गतेदेखि पुनः नाका सञ्चालन भएको थियो । अनावश्यक टीकाटिप्पणी हटाइ रसुवागढी नाकालाई व्यवस्थित तथा मर्यादित बनाएर रसुवाको छवि उच्च पार्न गोसाइँकुण्ड गाउँपालिकाले स्थानीय व्यापारीसँग सुझाव सङ्कलन गरिसकेको छ।

केरुङतर्फ आयातनिर्यात हुने सामानको ढुवानीमा छ सय सवारी चालक र छ सय सहचालक कार्यरत रहेको ट्रक कन्टेनर व्यवसायी प्रालिले जनाएको छ। सीमा क्षेत्रमा अनेक प्रकारका समस्या आउने भएकाले समाधानका लागि दुई देशका सीमा सुरक्षा अधिकारीसमक्ष अनुरोध गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT