Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनजब यी बलिउड अभिनेत्रीहरुले आफुमाथि भएको शोषणको खुलासा गरे

जब यी बलिउड अभिनेत्रीहरुले आफुमाथि भएको शोषणको खुलासा गरे


एजेन्सी । रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटानाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर्दाफास गरेका छन् ।

बलिउडमा काम गर्ने सबै मानिसहरुको नियत सफा हुदैन भन्ने धेरैको भनाइ पनि यहाँ चरितार्थ हुन्छ । फिल्मका लागि काम दिलाइदिन्छु भन्दै सेक्सको प्रस्ताव राख्नेहरुको संख्या पनि उस्तै रहेको छ । केही बलिउड अभिनेत्रीहरुको बालअवस्था निकै दुखद रहेको छ ।

उनीहरु चायल्ड अब्युजको शिकार भएका छन् । उनीहरु आफ्नै नजिकका नातेदारहरुबाट शारिरीक तथा मानसिक रुपमा शोषणमा परेका छन् । केही अभिनेत्रीहरु त शिक्षकहरुबाट यौन शोषणमा परेका छन् ।

केही अभिनेत्रीलाई त शोषण भनेको के हो समेत थाहा नहुने अवस्थामा समेत यस्तो दर्दनाक अवस्थाबाट गुज्रिएका छन् ।

१. सोम अली

पाकिस्तानमा जन्मिएकी यी भारतीय अभिनेत्रीको एक समयमा सलमान खानसँग सम्बन्ध रहेको भन्दै ठुलो चर्चा भएको थियो । तर उनी बाल अवस्थामा रहँदा निकै एक व्यक्तिको घिनलाग्दो कार्यबाट गुज्रिएकी थिइन् । यो कुरा सोमीले अमेरिकाको एक विश्वविद्यालयमा बताएकी थिइन् । त्यो घटना अझै पनि उनी भुल्न सकिरहेकी छैनन् ।

२. कल्कि कोचिन

उत्कृष्ट अभिनयका कारण चर्चामा रहने कल्कि बलिउडमा उनको स्थान महत्वपुर्णका साथ हेर्ने गरिन्छ । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्,‘ म सानो छदाँ मेरो रेप भएको थियो । म यो कुरा भुल्न खोज्छु तर सकिरहेको छैन । तर्साइरहेको छ ।’

३. सोफिया हायत

बलिउडमा हट एण्ड सेक्सी अभिनेत्रीको रुपमा परिचीत मानिने सोफिया हायातले एक अन्तर्वार्तामा आफु बलात्कार भएको रहस्य खोलेकी थिइन् । उनको बाल्यकाल निकै दर्दनाक रहेको बताएकी थिइन् । सोफियाको घरमा आउने एक अंकलले उनलाई सेक्स अब्युज गरेको थिए । उनी डिप्रेशनमा पनि गएकी थिइन् ।

४. अनुष्का शंकर

सितार बादक रबिशंकरकी छोरी तथा स्वयम पनि सितार बादक रहेकी अनुष्का शंकर समेत यौन शोषणको शिकार भएकी थिइन् । अनुष्काले दिएको जानकारी अनुसार उनको एक परिवारको एक साथीले उनको बारम्बार सेक्स अब्युज गरेका थिए । त्यो घटना सम्झिदा पनि उनी डरले काम्ने गर्छिन् ।

५. निकिता गोखले

कक्षा ११ मा पढ्दा निकितालाई उनकै शिक्षकले बारम्बार मानसिक तथा यौन शोषण गरेको थिए । हट एण्ड सेक्सी मोडल तथा अभिनेत्रीमा परिचीत निकिताले शिक्षकको त्यो व्यवहारले हालसम्म पनि पिछा नछोडेको बताउँछिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

Techie IT