Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशनिवार ‘बगान’को व्यापारमा उत्साह, शो सङ्ख्या समेत थपिए

शनिवार ‘बगान’को व्यापारमा उत्साह, शो सङ्ख्या समेत थपिए


काठमाडौँ। यो शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ। शनिवार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन्।

यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन। लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो। शनिवार नै केही शो सङ्ख्या थप भएकोमा शनिवारको व्यापारपछि आइतवारको लागि अझै थप शो थपिएको काठमाडौँ उपत्यका वितरक करण श्रेष्ठले बताए।

वितरक श्रेष्ठले पछिल्लो समयमा चलिरहेका चलचित्र भन्दा अत्यन्त राम्रो व्यापार भएको बताए। उनले असारको झरीमा समेत दर्शकलाई हलसम्म ल्याउन ‘बगान’ सफल रहेको बताए।

‘आज काठमाडौँ उपत्यकाका प्रायः हलहरू हाउसफुल देखिएका छन्। काठमाडौँ बाहिरबाट पनि राम्रो खबर आएको छ। हिजोभन्दा आज हल थपिएको छ भने आइतवार पनि हल सङ्ख्या थप भएका छन्। यसको मतलब यो चलचित्र सफल हुने बाटोमा छ’, ग्रस कलेक्सनको रिपोर्ट आजै प्राप्त नहुने जनाउँदै श्रेष्ठले बताए।

शनिवार पनि काठमाडौँका विभिन्न हलहरूमा पुगेका निर्देशक तथा अभिनेता सरोज खनालले आफुले जुन उद्देश्यले हामीले चलचित्र बनाएको हो, त्यो पुरा हुने बाटोमा अगाडी बढेको बताए। उनले भने, ‘हाम्रो चलचित्रको उद्देश्य पुरा हुँदैछ। यो शुक्रवारदेखि नै ब्लकबस्टर हुने चलचित्र होइन, एकजनाले हेरेर दुईजनालाई हेर्नुस् भन्ने चलचित्र हो।’ व्यापारको सन्दर्भमा खनालले आफु निर्देशक भएकोले व्यापारको दृष्टिकोण नराखेको बताए। ‘हामी हलमा पुग्दा अँगालो हालेर रुनुभएको छ, त्यो नै मेरो सफलता हो। व्यापारिक रुपमा पनि यसले राम्रो नतिजा दिईरहेको छ, स्थिती हेर्दा निर्माता सुरक्षित हुनुहुन्छ,’ उनले थपे।

अभिनेत्री करिश्मा मानन्धरले आफुलाई नयाँ प्रकृतिको भूमिकामा दर्शकले स्विकारेको बताईन्। ‘दर्शकको आँखामा जुन श्रद्धा भाव देखेँ मेरो लागि नितान्त नयाँ अनुभव हो। पहिले मलाई ग्लामरस नायिकाको रुपमा हेर्नुहुन्थ्यो भने अहिले दृष्टिकोण फेरिएको छ।’ उनले ‘बगान’मा रोना धोना मात्र नभई खुशी कसरी हुने, समस्याको समाधान के हो भन्ने कुराहरु पनि रहेको बताईन्। उनले थपिन्, ‘कति धेरै समस्या रहेछन् नि हैन? यो चलचित्र सबैको कथा जस्तो भएको छ। कतिले मन थाम्न सक्दिन होला पनि भन्नु भाको छ, म चाहिँ आएर हेर्नुस भन्छु।’

‘बगान’बाट ठुलोपर्दामा प्रवेश गरेकी प्रमिला कार्कीले ‘बगान’ रिलिज पछिका हरेक पल आफ्नो लागि नयाँ रहेको बताईन्। आफ्नो भूमिकाले समाजमा सकारात्मक सन्देश फैलाउन सफल रहेको जनाउँदै कार्कीले भनिन्, ‘म एकदमै उत्साहित भएको छु। चलचित्रमा मैले निभाएको पात्रले आफ्नो आमाको लागि जुन काम गरेको छ, केहिले त आफ्ना साना साना छोराछोरीलाई ‘बगान’ देखाएर यो दिदि जस्तै बन्नुपर्छ है समेत भन्नुभएको पाएँ। त्यो सुन्दा म भावुक भएँ।’

‘बगान’का निर्माता सुरेश वाग्लेले दर्शकलाई मनपर्ने बिषयमा लगानी गरेको रहेछु र ठिक गरेको रहेछु भन्ने महशुस भएको बताए। उनले भने, ‘पहिलो पटक चलचित्र बनाएको म शनिवार दर्शकको साथले खुशी भएको छु।’

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ। अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो। ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ। ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT