Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनयुनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि सहित एक लाख रुपैयाँ

युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि सहित एक लाख रुपैयाँ


काठमाडौँ। आफ्नी २६ प्रतिस्पर्धीलाई पछि पार्दै चौथो ‘एसइइ डान्स च्याम्पियनसिप – २०८०’ को फाईनलमा युनिका खतिवडा बिजेता बनेकी छिन्।

उपाधिसँगै उनले पुरस्कार स्वरुप १ लाख रुपैयाँ, अवार्ड र प्लस टु अध्ययनको लागि छात्राबृत्ति पनि जितेकी छिन्। कार्यक्रममा विशेष अतिथि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीले अवार्ड प्रदान गरिन्।

फाईनलमा २७ जना उत्रिएका थिए। फाईनलमा पुगेका २७ जनाले नै प्लट टु (११ र १२) कक्षा अध्ययानका लागि विभिन्न कलेजबाट छात्राबृत्ति पाएका छन्। सात वटै प्रदेशबाट अडिसन लिएर विभिन्न चरणको चयनपछि उनीहरु फाईनलमा पुगेका हुन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँको जमल स्थित नाचघरमा भएको सो प्रतिस्पर्धामा धरती बिष्ट मगरले फस्ट रनरअपको उपाधिसँगै ५० हजार नगद, ट्रफी र प्लस टुको छात्राबृत्ति प्राप्त गरेकी छिन्।

यस्तै समीक्षा कार्कीले सेकेन्ड रनरअपको उपाधि सहित ट्रफी ३० हजार रुपैयाँ र प्लस टुको छात्राबृति प्राप्त गरेकी छिन्। सो प्रतिस्पर्धामा योङजुम शेर्पाले भिवर्स च्वाईस अवार्ड सहित छात्राबृत्ति, सहिष्मा खड्काले नृत्यमा अनुसासन अवार्ड सहित छात्राबृत्ति, लाजिव शाही ठकुरीले उत्कृष्ट नृत्य कला अवार्ड सहित छात्राबृत्ति र प्रशान्ति अधिकारी उत्कृष्ट स्टेज प्रस्तुति बिजेता बन्न सफल भएका छन्। यी सबैले छात्राबृत्ति हाँसिल गरे।

फाईलनमा पुगेर प्लस टुको छात्राबृत्ति पाउनेहरुमा जेसिका राज्यलक्ष्मी ठकुरी, कृति थापा, पवित्रा पूर्वाछाने, प्रदिप लामा, प्रसान्ती अधिकारी, रौनक सिंह, रोशनी अधिकारी, रुमिका राई, आस्विन गुरुङ, आशा राई, अनुषा महत, विनिता कुमाल, इल्जिसा कार्की, हस्तकुमारी जोशी, सहिस्मा खड्का, सन्तोषी तामाङ, श्रेली लिम्बु, सृँगार श्रेष्ठ, सोनियाँ खत्री, स्वीकृत योगी, योङजुम शेर्पा, सुरज लुवागम, र कमला मिश्रा रहेका छन्।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यस्ता प्रतियोगिताले विधार्थीहरुलाई अनुसासन सहित नृत्य कलामा अघि बढ्न प्रेरणा दिने र अध्ययनमा सघाउने भनाई सो कार्यक्रममा राखे।

संस्कृति राज्यमन्त्री ठकुरीले प्रतियोगीहरुको नृत्यको प्रसँसा गर्दै आयोजकले प्रतिभालाई माथि उठाउने निकै राम्रो कार्यक्रम गरेको भन्दै बिजेताहरुलाई बधाई ज्ञापन गरिन्।

हिसानको सँयोजकत्वमा आफुहरुले फाईनलमा पुगेका सबैलाई प्लस टुका लािग छात्राबृत्तिको व्यबस्था गरेको आयोजक बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष महेश गोदारले फाईनल समारोहमा बताए।

‘बिगत ४ वर्षदेखि हामीले एसइइ परीक्षा दिएर बसेका नयाँ पुस्तालाई नेपाली लोक नृत्यतर्फ आकर्षित गर्दै मुलुकको लोक संस्कृतिको जगेर्ना यो प्रतियोगिता आयोजना गर्दै आएका हौं। प्रमुख अतिथि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठज्यू, विशेष अतिथि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी फाईनमा सहभागी भई प्रतियोगीहरुको उर्जा बढाउँदा हामीलाई साह्रै खुसी लागेको छ।’ महेश गोदारले कार्यक्रममा भने।

अन्तिम प्रतिस्पर्धाको निर्णायकमा नृत्य निर्देशकहरु कृष्णप्रसाद पौडेल, प्रेम श्रेष्ठ र सुरेन राई रहेका थिए। कार्यक्रमलाई सञ्चारकर्मी एवम् निर्देशक दिनेश डिसीले सञ्चालन गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT