गृहपृष्ठ ∕
नेपाल ∕
लुम्बिनीका पूर्वमन्त्री तथा एमाले नेता विजय यादव पक्राउ लुम्बिनीका पूर्वमन्त्री तथा एमाले नेता विजय यादव पक्राउ
बुटवल। लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन्। बैंकिङ कसूर मुद्दामा बाँके प्रहरीले यादवलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो।
बैंकिङ कसूर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे।
नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका यादव अघिल्लो चुनावमा टिकट नपाएपछि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो। पछिल्लो चुनावमा उनी एमाले प्रवेश गरेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो